वरिष्ठ चलचित्रकर्मी मोहन निरौलाले देशमा भ्रष्टचारीहरु दिनप्रतिदिन बढिरहेको भन्दैं भ्रष्टचारीह्रुलाई गोली ठोक्नुपर्ने बेला आएको बताएका छन् ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भ्रष्टचार गरेको भन्दैं गोली ठोक्नुपर्छ भनेर गिरिजालाई चेतावनी दिएका चलचित्रकर्मी निरौलाले अहिले देशमा त्यो बेलाभन्दा पनि ठूलो रुपमा भ्रष्टचार बढेको बताए ।
जनपाटी अनलाइन टिभीसँगको कुराकानीमा पूराना चलचित्रकर्मी निरौलाले अहिले देशमा भ्रष्टचार र राष्ट्रियताको समस्या झन् प्रतिदिन बढिरहेको भन्दैं अब नेपाली जनता जागरुक बनेर उठ्नुपर्ने बेला आएको बताए ।
विप्लव नेकपाले अहिले भ्रष्टचारीहरुलाई कालोमोसो दल्नेसम्मको काम गरेको भएपनि अब त्यो भन्दा माथिल्लो स्तरबाट कार्वाही अगाडि बढाउनुपर्ने निरौलाको भनाई छ ।
जनतामा ठूलो निराशा र आक्रोश देखा परेको भन्दै उनले अब ०४६ सालको जनआन्दोलनजस्तै अर्को आन्दोलन उठ्ने संकेत गरे ।







