नेपाली सेनाका पूर्व जर्नेल डा.प्रेमसिंह बस्नेतले डा बाबुराम भट्टराई नेपालीका लागि कलंक भएको बताएका छन् ।

बाबुरामले नेपालमा संविधान निर्माणका क्रममा देशमा धर्मनिरपेक्षता कायम गरेर पश्चिमाहरुको डिजाइनमा काम गरेको भन्दै बस्नेतले उनी कहिल्यै नेपाली हुन नसक्ने बताए ।

जनपाटी अनलाइन टिभीसँगको अन्तर्वार्तामा बाबुरामको रगत काटेर निकालेपनि उनी नेपाली हुनै नसक्ने जर्नेल बस्नेतको गंभीर आरोप छ ।

पूर्व जर्नेल डा.प्रेमसिंह बस्नेतले देशलाई भ्रष्ट र राष्ट्रघातीहरुले समाप्त पारिसकेको भन्दै नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई देश बचाउन सडकको नेतृत् वगर्न आग्रह गरेका छन् ।

नेपालमा सबै दल र नेताहरु भ्रष्ट अनि राष्ट्रघाती भइसकेर देश नै समाप्त हुन आँटेको विप्लवले देशको रक्ष ागर्न पनि सडक आन्दोलनको नेतृत्व गर्न जर्नेल बस्नेतले आग्रह गरेका हुन् ।

डा.बस्नेतले विप्लवसँग आफुले कहिल्यै भेट नगरेको र अहिले देशमा सबै नेताहरु पद पाएर भ्रष्ट बनिसकेको अवस्थामा विप्लव मात्र स्वच्छ रहेकोले आफु विप्लवसँग भेट्न चाहेको उनको भनाई छ ।

विप्लव नेकपाले राष्टियता, नागरिकता विधेयकविरुद्ध र भ्रष्टचारविरोधी अभियानलाई अगाडि बढाइरहेकोमा आफु सकारात्मक रहेको तर राष्टियताको मुद्धामा विप्लवजीले अझ स्पष्ट विचार किटान गरिदिनु पर्ने पूर्व जर्नेलको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार