राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले प्रचण्डले जनयुद्धमा उठाएका क्रान्तिका मुद्धाहरु अहिले विप्लवको हातमा रहेको बताएका छन् ।
नेपाली समाजमा जनताका समस्याहरु ज्युँका त्युँ बाँकी रहेको बेला ती विद्यमान सामाजिक अन्तरविरोधहरु ह्ल गर्न अहिले विप्लव नेकपा आइपुगेको विश्लेषक डा.केसीको भनाई छ ।
विप्लव नेकपाले अहिले सामाजिक अन्तरविरोधको हल गर्ने क्रान्तिको नेतृत्व गरिरहेको भन्दैं भोली यो पार्टीको भविष्य के होला भनेर भन्न नसकिए पनि अहिले भने उसले सही मुद्धा समाएको डा.केसीको भनाई छ ।
जनपाटी अनलाइन टिभीसँगको कुराकानीमा विश्लेषक डा.केसीले जनयुद्धबाट आएका प्रचण्ड अहिले जुद्धसमसेर बन्न पुगेको गंभीर आरोप लगाए ।
जनयुद्धमा त्यत्रो संख्यामा बलिदान गर्ने जनताको सपनामाथि प्रचण्डले ठूलो घात गरेको भन्दैं त्यो घात मात्र नभई ठूलो अपराधसमेत भएको विश्लेषक केसीको थप आरोप छ ।







