वामपन्थी राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले जनयुद्धको बलबाट अहिले जुद्धशमसेर राण बन्न पुगेको गंभीर आरोप लगाएका छन् ।

माओवादी जनयुद्धलाई सत्ता र पदको र्भयान बनाएर प्रचण्ड आज महाशक्तिसम्पन्न राणाखलक बन्न पुगेको डा.केसीको आरोप छ ।

जनपाटी अनलाइन टिभीसँगको कुराकानीमा उनले जनयुद्धलाई ठगी खाने भाडो बनाएको आरोप लगाए ।

राजनीतिक विश्लेषक डा.केसीले प्रचण्डले जनयुद्धमा उठाएका क्रान्तिका मुद्धाहरु अहिले विप्लवको हातमा रहेको बताएका छन् ।

नेपाली समाजमा जनताका समस्याहरु ज्युँका त्युँ बाँकी रहेको बेला ती विद्यमान सामाजिक अन्तरविरोधहरु ह्ल गर्न अहिले विप्लव नेकपा आइपुगेको विश्लेषक डा.केसीको भनाई छ ।

विप्लव नेकपाले अहिले सामाजिक अन्तरविरोधको हल गर्ने क्रान्तिको नेतृत्व गरिरहेको भन्दैं भोली यो पार्टीको भविष्य के होला भनेर भन्न नसकिए पनि अहिले भने उसले सही मुद्धा समाएको डा.केसीको भनाई छ ।

जनयुद्धमा त्यत्रो संख्यामा बलिदान गर्ने जनताको सपनामाथि प्रचण्डले ठूलो घात गरेको भन्दैं त्यो घात मात्र नभई ठूलो अपराधसमेत भएको विश्लेषक केसीको थप आरोप छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार