प्रचण्ड र बाबुराम भट्टराई कसरी भारतनिकट हुन पुगे ? जनयुद्धका क्रममा भारतमा प्रचण्ड र बाबुरामहरु कसरी सुरक्षितका साथ बसे ? प्रचण्डले जनयुद्धका क्रममा भारत र दरबारसँग एकैसाथ कसरी सम्वन्ध कायम गर्न पुगे ?
भारतनिकट मात्र होइन प्रचण्ड र बाबुरामले भारतकै डिजाइनमा जनयुद्धलाई कसरी समाप्त पार्न पुगे ?
यसबारे नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले सनसनीपूर्ण खुलासा गरेका छन् । उनले हालै केही समयअघि आफैले लेखेको ‘महापतन’ किताबमार्फत प्रचण्ड–बाबुरामको भारतनिकट सम्वन्धको अन्र्तकथाको पर्दाफास गरिदिएका छन् ।
विप्लवले प्रचण्ड र बाबुरामको भारत बसाइँदेखि भारतमा मोहन वैद्यकिरणहुँदै दर्जनौं नेता कार्यकर्ताहरु कसरी गिरफ्तार हुन पुगे ? अनि प्रचण्ड र बाबुराम चाँहि कसरी सुरक्षित रहन सके ? त्यसको पनि उनले गंभीर विषयहरुको खुलासा गरेका छन् ।
जहाँ विप्लवले प्रचण्ड बाबुरामको जनयुद्धपूर्वदेखि जनयुद्ध अन्त्यसम्मको भारतसम्वन्धबारे सारा घटनाहरुको थप पर्दाफास गरेका छन् ।
अब लागौं विप्लवद्धारा ‘महापतन’मा लिखित प्रचण्ड–बाबुरामको भारतसम्वन्धको आलेखबारे भिडियो रिपोर्ट –







