सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य सत्यनारायण मण्डल र कांग्रेस नेता एवम् पूर्व मन्त्री रामकृष्ण यादवबीच टिभीको स्टुडियोमै कुटाकुट भएको छ।

शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन्मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनीहरुबीच एक अर्कामा तल्लो स्तरमा उत्रिएर गालीगलौज पनि भएको थियो ।

नेपाली टेलिभिजनको इतिहासमै पहिलो पटक दुई अथिती र संचालक नै सिटबाट उठे । उठेरै दुई जना झगडा गर्न थालेपछि धमला पनि उठेरै सम्झाउन बाध्य भए ।

दुवैजनालाई धमलाले केहीबेर बस्न आग्रह गरे । अनि बसे । तर के गर्ने के नगर्ने जस्तो अलमलमा पुगिसकेका थिए धमला । दुवै जना बसेर पनि झगडा गरिरहेका थिए ।

सम्हालिएर धमलाले दुई हात जोडेर दुवै जनालाई सभ्य बहस गर्न आग्रह गरे । धमलाले भने–तपाईहरु जनताको प्रतिनिधि हो, सभ्य हुनुस्, शिष्ट हुनुस्, बौद्धिक बहस गर्नुस् ।

कार्यक्रम औपचारिक रुपमा नटुङ्गिदै मण्डलले उठेर धमलाको हात समाए अनि धमलो थ्याङ्क्यू सोचम भनेर कार्यक्रम टुङ्ग्याए ।

झगडा अहिले समामाजिक संजालमा भाइरल बनिसकेको छ । अन्तरवार्ताको पूरा अंश यहाँ पनि प्रस्तुत गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार