वामपन्थी विश्लेषक डा.सुरेन्द्र केसीले निर्मलाकाण्ड र पथरी काण्डका दोषीहरुलाई कार्वाही गरेर देखाउन विप्लव नेकपालाई आग्रह गरेका छन् ।
विप्लव नेकपाले केही समयअघि कंचनपुरकी निर्मला हत्याकाण्डका दोषीहरुलाई कार्वाही गर्छौ भनेर भनिरहेको प्रसंग कोट्याउदै डा.केसीले यी दुई काण्डका दोषीलाई कार्वाही गरे विप्लव नेकपालाई नै ठूलो लोकप्रियता हासिल गर्ने बताए ।
जनपाटी अनलाइन टिभीसँगको कुराकानीम डा.केसीले कंचनपुर काण्डमाजस्तै अहिले मोरंगको पथरीमा भएको काण्डमा पनि सरकारी सुरक्षाकर्मीका ठूलो हात हुनसक्ने आंकलन गरे ।
डा.केसीले कंचनपुरको जस्तै पथरीकाण्ड सेलाएर जाने भन्दै देशमा सामाजिक न्याय मरेर जानसक्ने अवस्था रहेको बताए ।
देशमा न्याय मरेको अवस्था कंचनपुर र पथरी भएको भन्दैं डा.केसीले न्याय दिलाउने शक्ति आउनुपर्ने धारणा राखे ।







