
नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले ओली र प्रचण्डको हत्या योजना झुट मात्र भएको बताएका छन् ।
महासचिव विप्लवले राजनीतिक दलका शीर्ष नेताहरुको हत्या योजना आफ्नो पार्टीले नबनाएको स्पष्टोक्ति दिएका छन् ।
प्रतिवन्धपछि पहिलोपटक अन्नपूर्ण दैनिक पत्रिकालाई दिएको अन्तर्वार्तामा विप्लवले हत्या योजना सरकारले रचेको षडयन्त्रको बहाना भएको बताए ।
यति गंभीर विषयलाई बजारको व्यापार गराइएको छ, उनले भने, यो नै अनौठो लाग्छ । यो प्रष्ट कुरा होकि राज्यले हाम्रा नेताहरुलाई इन्काउन्टरसम्मको योजना बनाएर शक्ति संचालन गरेको छ भन्ने सुन्नमा आएको छ ।
करछली, मानवतस्करी, भ्रष्टचारी र मजदुरहरुलाई निकाला गर्नेहरुलाई कार्वाही गर्दा केपी सरकारले आफ्नो पार्टीलाई प्रतिवन्ध लगाएको विप्लवको आरोपछ ।







