भ्रष्टचारविरोधी अभियानका अभियन्ताहरु डा.सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले भ्रष्टचारविरुद्धको आन्दोलनमा विप्लव नेकपासँग सहकार्य गर्न आफुहरु तयार रहेको बताएका छन् ।

अभियानका मुख्य अभियन्ता डा.भण्डारीले भ्रष्टचारविरुद्धको आन्दोलनको नेतृत्व नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले गर्न सक्ने बताएका छन् ।

जनपाटी अनलाइन टिभीसँगको अन्तर्वार्तामा डा.भण्डारी र न्यौपानेले पंचायतदेखि संसदवादी नेताहुँदै माओवादी नेताहरुले नेपालको दश वर्ष बराबरको वार्षिक बजेटबराबरको भ्रष्टचार गरेको खुलासा गरे ।

अस्थायी शिविरमा मात्र प्रचण्डले ३५ अर्ब बराबरको भ्रष्टचार गरेको अभियन्ता न्यौपानेको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार