सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठकले जनवर्गीय संगठनको एकता टुङ्ग्याएपछि विद्यार्थी संगठनको सह संयोजकको जिम्मेवारी पाएका रञ्जित तामाङले आफूमाथि अन्याय भएको भन्दै खुलेआम आक्रोश पोखेका छन् ।

पूर्व  माओवादी निकट तत्कालीन अखिल क्रान्तिकारीका अध्यक्ष तामाङले विधि, पद्दती र नियम मिचेर एकता गरिएको भन्दै आपत्ति जनाए ।

पहिलो पटक निर्वाचनबाट अखिल क्रान्तिकारी अध्यक्ष भएको उल्लेख गर्दै तामाङले एकतामा न्याय हुन नसकेको बताए । ‘विद्यार्थी एकता गर्दा योग्यता क्षमतालाई नेतृत्वले पटक्कै ध्यान दिएन,’ तामाङले भने, ‘पार्टी नेतासँगको सम्बन्धलाई आधार बनाएर जिम्मेवारी तोकियो ।’

उनले असन्तुष्टि जनाउँदै फेसबुकमा लेखेका पनि छन्, ‘कहिलेकाहिँ समयले पनि मजाक गर्दो रहेछ ।’ स्रोतका अनुसार तामाङ  सहसंयोजक अस्विकार गर्दै राजिनामा दिने मुडमा छन् ।

आफूमाथि भएको अन्यायले विद्यार्थी संगठनलाई मात्र नभई सिंगो पार्टीलाई राम्रो नगर्ने तामाङले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार