राजनीतिक विश्लेषक अजुर्न ज्ञवालीले मदन भण्डारीको हत्या अमेरिका र भारतको डिजाइनमा नेपाली सेनाले गरेको गंभीर आरोप लगाएका छन् ।

मदन भण्डारीको हत्या हुनुमा उनले लिएको देशभक्तिपूर्ण अडान र राष्टवादी विचारकै कारण विदेशी शक्ति केन्द्रको ग्राइन्ड डिजाइनमा भएको विश्लेषक ज्ञवालीको दाबी छ ।

जनपाटी अनलाइन टिभीसँगको अन्तर्वार्तामा ज्ञवालीले तिनै विदेशी शक्ति केन्द्रको डिजाइनमै नेपाली सेनाद्धारा दरबार हत्याकाण्ड भएको अर्को गंभीर आरोप लगाए र

विश्लेषक ज्ञवालीले मदन भण्डारीको हत्या भएको यत्रो वर्ष बितिसक्दा पनि अहिलेसम्म हत्यारा पत्ता नलाग्नुमा विदेशी शक्तिकेन्द्रसँगै सोही पार्टीका नेताहरुको आन्तरिक संलग्नता पनि हुनसक्ने संकेत गरे ।

माधव नेपाललगायत नेताहरुको भूमिका शंकास्पद भएको भन्दैं विश्लेषक ज्ञवालीले अहिले केपी ओली शक्तिशाली सरकारको प्रधानमन्त्री बन्नु र उनकै श्रीमती राष्ट्रपति भएर भएर हत्याारा पत्ता नलगाउनु अझ ठूलो शंकाको कुरा भएको बताए ।

मदन भण्डारीको हत्या सुनियोजित भएको भन्दैं ज्ञवालीले अब छिट्टै हत्यारा पत्ता लगाउनै पर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार