नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले ओली सरकार होस् या अरु कुनैपनि सरकारको दमन र इन्काउन्टरको आफुहरुलाई कुनै प्रवाह नभएको बताएका छन् ।

नेपाली जनताका गाँस,बाँस, कपास,शिक्षा, स्वास्थ्य र रोजगारका समस्याहरु अहिले पनि ज्युँका त्युँ बाँकी रहेको भन्दैं विप्लवले आफुहरु त्यही समस्याबाट चिन्तित भएर नै नयाँ क्रान्तिको मार्गमा लागेकोले क्रान्तिकारीहरुलाई सरकारले दिने धम्कीको कुनै रत्तिभर डर र त्रास नभएको उनको भनाई छ ।

रातोखबर अनलाइनसँगको लामो कुराकानीमा महासचिव विप्लवले नयाँ क्रान्तिको प्रक्रियामा मान्छे कति छन् या छैनन् भन्नेले अर्थ नराख्ने भन्दैं नयाँ क्रान्तिको झण्डा कसले बोकेर हिड्यो भन्नेको ठूलो अर्थ राख्ने बताए ।

अहिले देशमा ओली सरकार इतिहासकै सर्वाधिक असफल सरकारको रुपमा देखा पर्नु त्यो मुलत राज्यव्यवस्थाको असफलताले भएको विप्लवको दाबी छ ।

ओली सरकारले व्यक्तिगत रुपमा जति परिवर्तन र विकासको कुरा गरेपनि व्यवहारमा व्यवस्थाको ढाँचा पूरानै भएकोले ओली असफल बनेको विप्लवको जोड छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार