
अलिकति फरक प्रशंग, हिजो तपाइसँगै युद्ध लडेको विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाएको छ । हिजो सँगै लडेको समूहलाई प्रतिबन्ध लगाउने निर्णय कसरी गर्यो । त्यसमा तपाईंको कसरी समर्थन रह्यो ?
यसमा विरोध र समर्थनको कुरा होइन । यो पार्टीले गरेको निर्णय पनि होइन, सरकारको निणर््ाय हो । सरकारले निर्णय गरेपछि मात्रै हामीले थाहा पाएका हौँ । तर, घटनाक्रमहरु जुन ढंगले भए, बम विस्फोट भए, मान्छे मरे । सरकारले त्यसकारण निर्णय गरेको हुनुपर्छ ।
यो राज्यका विरुद्ध उहाँहरुले कुनै युद्ध वा क्रान्तिको घोषणा पनि गर्नुभएको छैन । संगठन वा पार्टी निर्माण गर्ने अधिकार उहाँहरुलाई पनि संविधानले दिएको छ । त्यसमा प्रतिवन्ध लाउने कुरा पनि हुन सक्दैन । तर जुन किसिमका घटना भए, अनि मात्रै सरकारले प्रतिबन्ध लगायो ।
तर म सरकार प्रतिबन्धतर्फ होइन वार्तातिर नै लाग्नुपर्छ भन्ने मान्यता राख्छु । विप्लवजीहरु पनि त्यस्ता गतिविधिहरु त्यागेर खुला रुपले राजनीति गर्नुपर्यो, किन भुमिगत हुनुपर्यो ? म आह्वान गर्न चाहान्छु आउनुस् काठमाडौँका मैदान र शहरहरुमा । जनतालाई आह्वान गर्नुहोस्, जनता संगठित गर्नुहोस् । तपाइले राख्न खोजेको विचार के हो जनतालाई भन्नुस्, संविधानले अधिकार दिएकै छ । अहिले बम पड्काउनु पर्दैन । हिजो निरंकुशता थियो, त्यो अधिकार थिएन, बोल्न दिइन्नथियो । आज त्यो अवस्था छैन । त्यसकारण म आह्वान पनि गर्छु, तपाईं आउनुहोस् र खुला बहस गरौँ । कम्युनिस्ट पार्टीलाई अझ बृहद एकतामा लैजाउ । सरकारलाई पनि प्रतिबन्ध फिर्ता लिएर वार्ताको माध्यमबाट यो समस्यालाई समाधान गर्न पुनः आग्रह गर्न चाहन्छु ।
वार्ता र संवादबाट फेरि नयाँ एकता गरौँ । म त पार्टी एकतामा निरन्तर लागेको मान्छे हँु । माओवादी फुटेदेखि लागेर माओवादी आन्दोलनलाई पुनर्गठन गर्न नयाँ स्तरसम्म एकता गरियो । बादलजी मणि, मात्रिकाजीहरु आउनु पनि भयो । त्यसपछि पूर्व एमाले र माओवादी केन्द्रलाई एकताबद्ध गर्न पनि भूमिका खेले । अब मेरो काम भनेको विप्लवजीसँग पनि पार्टी एकता गर्ने हो । म त्यो भूमिका खेल्न चाहन्छु ।
सरकारले प्रतिबन्ध फिर्ता गरोस्। गैरकानुनी काम गर्दा सरकारले नियन्त्रणमा लिने कुरा त छदैँछ । अब लडाइँ होइन, समाजवादको आधार तयार गर्ने हो भने हामीले जनतलाई फेरि नयाँ ढंगले संगठित गरेर, दलाल पुँजीवादका विरुद्ध राष्ट्रिय पुँजीको विकास गरेर, आत्मनिर्भर अर्थतन्त्रको विकास गरेर तल्लो वर्गमा राज्यको लगानी गरेर जानुपर्छ ।
तपाईंले एकताको कुरा गरिहाल्नुभयो, विप्लवसँग केही कुराकानी भएको छ कि छैन ?
अहिले कुरा भएको छैन । तपाईंमार्फत अहिले यो भन्दै छु । प्रतिबन्ध लगाउनुभन्दा पहिला हुन्थ्यो । अहिले त उहाँ कहाँ हुनुहुन्छ थाहा नै छैन । भूमिगत हुनुहुन्छ, कसरी कुरा गर्ने ? तर म एकताको समेत उदेश्य लिएर विप्लवजी आउनुुस् भनेर भन्न चाहन्छु । सरकारले पनि वार्ताबाट तपाईंका समस्या समाधान गर्नेछ । सरकार गर्न तयार छ । तपाईं पनि आउनुस् र सरकार पनि त्यो बाटोमा बढोस् भन्न चाहान्छु । विप्लवजीले भनेका कुरा के हुन् ? वैचारिक रुपमा के–के छन् बहस गरेर नयाँ सहमतिका साथ अघि जान सक्छौँ । त्यसकारण विप्लवजीलाई खुला भएर आउन आग्रह गर्छु ।
तर, यति हतारमा विप्लवलाई प्रतिबन्ध लगाउनुपर्ने किन ?
–मैले अघि नै भनेँ, विकसित केही घटनाहरुको कारण त्यो परिस्थिति पैदा भयो । तर अब त्यतातिर नफर्केर सरकारले र उहाँले पनि वार्ताको वातावरण बनाएर समस्याको समाधान गरेर अगाडी बढ्नुपर्छ त्यसका लागि मैले गर्नुपर्ने काम गर्न तयार छु ।
संविधानविरोधी काम गर्नेलाई त यसैपनि सरकारले नियन्त्रणमा लिन सक्छ नि ? सरकारले घोषणा नै गरेर प्रतिवनध लगाउनु पथ्र्यो र ?
–त्यसै भएर मैले भने नि । सरकारले प्रतिबन्ध फिर्ता गरोस्। गैरकानुनी काम गर्दा सरकारले नियन्त्रणमा लिने कुरा त छदैँछ । अब लडाइँ होइन, समाजवादको आधार तयार गर्ने हो भने हामीले जनतलाई फेरि नयाँ ढंगले संगठित गरेर, दलाल पुँजीवादका विरुद्ध राष्ट्रिय पुँजीको विकास गरेर, आत्मनिर्भर अर्थतन्त्रको विकास गरेर तल्लो वर्गमा राज्यको लगानी गरेर जानुपर्छ ।
तपाईंले त वार्ताका लागि सार्वजनिक रुपमा आह्वान गर्नुभयो । यसबारे प्रधानमन्त्रीलाई भेटेर विप्लवलाई लगाएको प्रतिवनध फुकुवा गरौँ भन्न सक्नुहुन्छ ?
मैले मेरो प्रतिबन्ध फिर्ता गरोस्सँग कुरा गर्न नसक्ने भन्ने कुरा छैन । मैले कुरा पनि गरिरहेको छु उहाँसग । आफ्नो प्रधानमन्त्री, आफ्नो नेतासँग कुरा, छलफल र संवाद भैरहन्छ ।
त्यसो भए सरकारले कहिलेसम्म विप्लवको प्रतिवन्ध फिर्ता लेला त ?
त्यो मलाई थाहा छैन । त्यो सरकारको कुरा हो । पार्टीको सदस्यको हैसियतले राजनीतिक रुपले समस्याको समाधानको बाटो मैले बताएँ । फिर्ता कहिले लिने भन्ने सरकारले नै जान्ने कुरा हो ।
रातोपाटीसँगको कुराकानीको सानो अंश ।







