नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले क्रान्ति र जनताको विद्रोहलाई आफुहरुले जसरी पनि नेतृत्व गरिछाड्ने चेतावनी दिएका छन् ।
अहिलेपनि जनताका समस्याहरु जहाँको त्यही रहिरहेको भन्दैं विप्लवले प्रचण्डले क्रान्तिको बाटो छोड्दा आफुहरुले त्यसको नेतृत् वगर्न आइपुगेको बताएका छन् ।
रातोखबर अनलाइन टिभीसँगको कुराकानीमा महासचिव विप्लवले प्रचण्डले क्रान्तिको बाटो छोडेर जाँदाको परिणाम आज रुदै हिड्नु परेको बताए । पूर्व एमालेमा पुगेर विलय हुनुको कारण त्यही भएको उनको भनाई छ ।
कुनै बेला प्रचण्ड भनेकै माओवादी र माओवादी भनेकै प्रचण्ड रहेको स्थितिलाई प्रचण्ड आफैले वर्ग र जनतालाई धोका दिदाको परिणाम अर्काको शरणमा जानु परेको विप्लवको दाबी छ ।
अहिलेको ओली सरकार असफल भइसकेको भन्दै असफल व्यवस्था र सत्ताको कारण ओली आफै असफल भएको विप्लवको जोड छ ।
विद्यमान व्यवस्था र सत्ता परिवर्तन अहिलेको आवश्यकता भएको भन्दैं विप्लवले पुँजीवादी संसदीय व्यवस्थाको विकल्प समाजवाद भएको जिकिर गरे ।







