वामपन्थी विश्लेषक डा.सुरेन्द्र केसीले परिवर्तनका एजेण्डा विप्लवले बोक्दा आज प्रचण्ड र ओलीको तारो बन्नु परेको स्थिति आएको बताएका छन् ।

हिजो जनयुद्धकालमा प्रचण्डलाई शेरबहादुर देउवाले आतंककारी भनेको भन्दैं आज प्रचण्ड शेरबहादुरको स्थानमा पुग्दा विप्लवलाई प्रतिवन्ध लगाइएको डा.केसीको भनाई छ ।

वैद्यसहित पाँच पार्टीले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको सडक अन्तक्रिया कार्यक्रममा विश्लेषक डा. केसीले विप्लवले परिवर्तनको एजेण्डा बोकेको भन्दै त्यो भन्दा सरकारले आफुलाई पक्रन सक्ने बताए ।

तर आफुले कहिल्यैं सत्यको कुरामा सम्झौता नगरेको भन्दैं डा.केसीले सरकारले आफुलाई पक्रन चुनौती दिए ।

अन्तक्रियामा प्रगतिशील लेखक युग पाठकले यो सरकार जनताको सरकार नभएको भन्दैं ओलीको राष्टवाद राष्टघातमा फड्को हानेको आरोप लगाए ।

देशको आधारभूत काम छाडेर ओलीले रेल र पानीजहाजको कुरा गरेको भन्दैं ती सबै बेतुकका गफ मात्र भएको पाठकको आरोप थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार