वरिष्ठ अधिवक्ता शम्भु थापाले सत्ताको आडमा केपी ओली र गोकुल बास्कोटाहरु निरंकुश बनेको भन्दैं उनीहरुलाई अब जनताले बहिष्कार गर्नुपर्ने बताएका छन् ।
सत्ताको आडमा उनीहरु कतिसम्म निरकुंश बनेको भन्दैं उनले संचारमन्त्री बास्कोटाको झाँको झारेका छन् ।
को हो त्यो गोकुल बास्कोटा भन्दैं वरिष्ठ अधिवक्ता थापाले यस्ता खलपात्रहरुलाई अब जनताले भोट दिन नहुने जिकिर गरे ।
हालै केही दिन अघि भएको एक सार्वजनिक कार्यक्रममा वरिष्ठ अधिवक्ता थापाले कुनैबेला राणाहरुको पनि सर्वस्वहरण भएको र अब पालो फेरि ओलीहरुको आउने दाबी गरे ।
कुनैबेला जेलमा आफु ओलीलाई भेट्न पुगेको प्रसँग कोट्याउँदै उनले ओलीले आएर यति अधिनायकवादी कदम चाल्लान् भनेर सोच्नै नसकेको बताए ।







