भ्रष्टचारविरोधी अभियानका अभियन्ता एवं खसान राष्टिय संघर्ष समितिका अध्यक्ष प्रेम बहादुर खातीले नेपालका भ्रष्टचारीहरुलाई टुडीखेलमा लिएर झुण्डाउने बेला आएको बताएका छन् ।

भ्रष्टचारीहरुलाई ठीक पार्ने सबै सरकारी संयन्त्रहरु सत्ताधारीहरुको नियन्त्रणमा रहेको भन्दैं अभियन्ता खातीले अब भ्रष्टचारीहरुलाई टुडीखेलमा झुण्डाउन सक्ने शक्ति भनेको विप्लव नेकपामा मात्र भएको जिकिर गरे ।

जनपाटी अनलाइन टिभीसँगको अन्तर्वार्तामा भ्रष्टचार विरुद्धको राष्टिय जनआन्दोलन समितिका पूर्व संयोजक खातीले सर्वोच्चदेखि अख्तियारमा सबै संसदवादी दलका समर्थकहरुलाई भर्ती गरिएको भन्दै खातीले अब भ्रष्टहरुलाई ठेगान लगाउने शक्ति भनेकै विप्लव नेकपा मात्र भएको दाबी गरे ।

अभियन्ता प्रेमबहादुर खातीले यो देशमा ठूला भ्रष्टचारीहरुलाई जिल्लादेखि सर्वोच्च अदालतले सफाई दिइरहेको भन्दै अब भ्रष्टहरुलाई ठेगान लगाउन विप्लव नेकपाको जनअदालतमा जानुपर्ने बताएका छन् ।

एनसेलदेखि अरु कयौं ठूला भ्रष्टचारीहरुलाई सर्वोच्च अदालतदेखि अख्तियार अनुसन्धान आयोगजस्ताले बचाउने काम गरेपछि अब यो देशमा भ्रष्टहरुलाई ठेगान लगाउन पनि विप्लव नेकपाको जनअदालतलाई गुहार्नु पर्ने स्थिति आएको खातीको भनाई छ ।

यो देशमा अरु कयौं समुहहरु अहिले भ्रष्टचारविरुद्धको आन्दोलनमा गएपनि भ्रष्टहरुको आडमा टिकेको सत्तालाई पराजित गर्न विप्लव नेकपा मात्र बलियो शक्ति रहेको खातीको जोड छ ।

अहिले देशमा भ्रष्टचारविरुद्धको अभियानसँगै पहिचानपक्षधर शक्तिहरुले पनि अब विप्लव नेकपाको अभियानलाई साथ दिनुपर्ने बताए ।

विप्लव नेकपाले भ्रष्टचारीविरोधी शक्तिदेखि पहिचानपक्षधर सबैलाई समेटेर यो देशेको बलियो वैकल्पिक शक्ति निर्माणतिर लैजानुपर्ने धारणा राखे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार