भोजपुरमा आफ्ना निसशस्त्र कार्यकर्ताको गोली हानी हत्या गरेको भन्दैं नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले हत्याको बदला लिइ छाड्ने चेतावनी दिएका छन् ।

बुधबार एक प्रेस विज्ञेप्ती जारी गर्दै महासचिव विप्लवले दलाल ओली सरकारको बर्बर हत्या दमनको बदला लिने चेतावनी दिएका हुन् ।

विप्लवले युवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको बिषयलाई भिडन्तको झुटो नाटक नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

महासचिव विप्लवले विज्ञप्ति जारी गरेर जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् । सांगठनिक कामको सिलसिलामा गत मंगलबार भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा पुगेका  तीर्थराजलाई प्रहरीले गिरफ्तार गरेर हत्या गरेको भन्दै विप्लवले आपत्ति जनाएका छन् ।

आफ्नो पार्टीका नेता-कार्यकर्ताको हत्या र दमन अभियान चलाएर जनतामा पैदा भएको आक्रोसलाई न्यूनिकरण गर्दै अक्षमता लुकाउन सामान्य राजनीतिक कार्यक्रममा हिडेका तिर्थराजको हत्या गरेको विप्लवले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

नियन्‍त्रणमा लिएर हत्या गरेर भिडन्तको नाटक गरेको विज्ञप्तिमा उल्लेख छ ।

https://youtu.be/tsCKiUXL1Uc

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार