बेलायती प्रधानमन्त्री थेरेसा मेले कन्जरभेटिभ पार्टीको नेताका रुपमा जुन ७ मा राजीनामा दिने भएकी छिन् । यससँगै उनले नयाँ प्रधानमन्त्री चयन गर्नका लागि पनि मार्गप्रशस्त गरेकी छिन् ।

ब्रेक्जिटका लागि आफूले सक्दो प्रयास गरे पनि त्यसमा सफल हुन नसकेको बताउँदै उनले राजीनामा घोषणा गरेकी हुन् । ‘प्रधानमन्त्री हुनु मेरो लागि सबैभन्दा ठूलो सम्मान हो,’ उनले भनिन् । कन्जरभेटिभ पार्टीले नयाँ नेता चयन नगरेसम्म उनी नै प्रधानमन्त्री रहने छिन् ।

त्यसको मतलब जुनको पहिलो हप्ताबाट सुरु हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत भ्रमणको समयमा मे नै प्रधानमन्त्रीको रुपमा रहने छिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार