
चीनबाट रेल ल्याउने केपी ओलीको सपना पूरा नहुने पक्का भएको छ ।
असंभव रहेको चिनियाँ रेल जसरी पनि नेपाल ल्याउने ओलीको जिद्धी सपनालाई चीनले लोप्पा खुआएको छ ।
प्रधानमन्त्री केपी ओलीले चीनबाट आजै आउँछ, भोली आउँछ भनेर रेलको निकै ठूल्ठूला गफ हाँकिरहेका थिए ।
ओलीले यतिसम्म गफ दिएका थिए कि दुई या चार वर्षभित्र चिनियाँ रेल आइसक्ने छ । नेपालले चीनबाट मात्र सामान आयात गर्ने होइन नेपालबाट पनि सामान निर्यात गर्न तयार हुनुपर्ने जस्ता गफ छाँटेका थिए ।
तर ओलीले रेल पक्का आउने भाषण छाँटेको एक वर्षपछि नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले त्यो असंभवप्राय रहेको बताएकी छिन् ।
चीनबाट हिमाल छेडेर रेल ल्याउन सजिलो छैन । तर काठमाडौँमा आजभोलि ने रेल आउन लागेजसरी बहस भएकोप्रति उनले अनविज्ञता व्यक्त गरिन् । । केरुङ–काठमाडौँ रेलमार्गबारे बृहत् अध्ययन नै सुरु नभएको अवस्थामा यस्तो बहसले चीन आश्चर्यमा परेको उनको भनाई थियो ।
चिनियाँ राजदूत होऊ यान्छीले पत्रकारसँग भनिन्,‘यस्तो भूगोल छ , चिनियाँ रेल आज कुरा गरेर भोलि नै आउने विषय आफैँमा जटिल हो । म पनि यहाँ भइरहेको बहस सुनेर अचम्मित छु ।’
राजदूतका रुपमा जिम्मेवारी लिएर आएपछि यो पहिलोे पत्रकार सम्मेलन हो ।
उनले भनिन्,‘रेललाई हल्का रुपमा हेरिएको छ । साँच्चै भन्नुपर्दा यो संसारकै अप्ठेरो ठाउँमा रेल निर्माण गर्ने प्रसंग अघि बढेको छ ।’







