इन्जिनियर दीपेन्द्र कँडेलले वाइडबडी काण्डका भ्रष्टचारीहरु पत्ता लागि सकेको भन्दैं उनीहरुलाई नागरिकले कार्वाही गर्ने चेतावनी दिएका छन् ।

वाइडबडीका भ्रष्टचारीहरुको फेहरिस्त आफुले तयार पारेको डकुमेन्ट खुला नागरिक सभामा प्रस्तुत गर्दै कँडेलले उनीहरुलाई अब छिटट्ै कार्वाही गरिने चेतावनी दिए ।

आज काठमाडौंको बसन्तपुर डबलीमा आयोजित नागरिक सभामा उनले यस्तो खुलासा गरेका हुन् ।

इन्जिनियर दीपेन्द्रले पत्रकार र विभिन्न व्यक्तिहरुको सहयोगमा आफुले यति ठूलो भ्रष्टचारसम्वन्धी फाइल तयार पारेको स्पष्टीकरण दिए ।

वाइडबडीका भ्रष्टचारीहरु देश विदेश जहाँ गएर लुकेपनि उनीहरुलाई नागरिकले जसरी पनि कार्वाही गर्ने चेतावनी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार