
सत्ताधारी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भोजपुरमा विप्लव नेकपाका कार्यकर्तामाथि भएको हत्याको विरोध गरेका छन् ।
श्रेष्ठले इन्काउन्टरको नाममा गरेको हत्यालाई सरकाकारको तर्फबाट उचित कदम चाल्न लगाउने बताए ।
राजधानीमा आयोजित एक खुला अन्तक्रिया कार्यक्रममा बोल्दै सत्ताधारी नेकपाका सचिवालय सदस्य श्रेष्ठले भोजपुरमा भएको इन्काउन्टर(हत्या)को विरोध गरेका हुन् ।
वाइडबडी काण्डका भ्रष्टचारीहरु पत्ता लगाए इन्जिनियर दीपेन्द्रले, ठूला माछाहरुलाई अब छिट्टै कार्वाही गरिने (भिडियोसहित)
इन्जिनियर दीपेन्द्र कँडेलले वाइडबडी काण्डका भ्रष्टचारीहरु पत्ता लागि सकेको भन्दैं उनीहरुलाई नागरिकले कार्वाही गर्ने चेतावनी दिएका छन् ।
वाइडबडीका भ्रष्टचारीहरुको फेहरिस्त आफुले तयार पारेको डकुमेन्ट खुला नागरिक सभामा प्रस्तुत गर्दै कँडेलले उनीहरुलाई अब छिटट्ै कार्वाही गरिने चेतावनी दिए ।
आज काठमाडौंको बसन्तपुर डबलीमा आयोजित नागरिक सभामा उनले यस्तो खुलासा गरेका हुन् ।
इन्जिनियर दीपेन्द्रले पत्रकार र विभिन्न व्यक्तिहरुको सहयोगमा आफुले यति ठूलो भ्रष्टचारसम्वन्धी फाइल तयार पारेको स्पष्टीकरण दिए ।
वाइडबडीका भ्रष्टचारीहरु देश विदेश जहाँ गएर लुकेपनि उनीहरुलाई नागरिकले जसरी पनि कार्वाही गर्ने चेतावनी दिए ।







