कोसी नदीको धारलाई भारतीय पक्षले फर्काइदिएपछि सप्तरीको हमुमाननगर–कंकालिनी स्थित गोबरगाडा डुबानमा परेको छ ।

जसका कारण गोबरगाडाका करीब ९५ परिवार प्रभावित बनेका छन् ।  गोबरगाडाको पूर्वीभागबाट कोसी नदी बग्दै आएकोमा पश्चिमतर्फ फर्काउन भारतले पाइलट च्यानलमा पूर्व सूचनाबिनै पानी छाड्दा पश्चिमतर्फ मोडिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले नदीको बहावका कारण करीब ९५ परिवार प्रभावित भएको जनाएको छ । यता हनुमाननगर नगरपालिकाका मेयर शैलेस साहले भारतीय पक्षले पूर्वसूचना बिना पानी छाडिदिँदा समस्या भएको बताए ।

भारतीय पक्षले कोसीको भारततर्फ रहेको तटबन्दलाई मजबुत गरी पानीलाई पश्चिमी तटबन्धसँग टाँसिने गरी पाइलट च्यानल बनाएको बताइएको छ ।

स्थानीयले पूर्वसूचना समेत नदिएर पानी छाडेर भारतीय पक्षले हेपाहा प्रवृत्ति देखाएको भन्दै विरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार