
विप्लव नेकपाको भोली जेठ १३ गतेको नेपालबन्द अभूतपूर्व हुने भएको छ ।
नेपालबन्दको पूर्वसन्ध्यामा विप्लव नेकपाकाद्धारा देशव्यापी रुपमा भएका शक्तिशाली बम विस्फोटसँगै जेठ १३ को नेपालबन्द अभूतपूर्व हुने भएको छ ।
बन्दको पूर्वसन्ध्यामा राजधानीका तीन ठाउँमा सिलिण्डर बम विस्फोट हुँदा विप्लव नेकपाका ४ जना कार्यकर्ताको मृत्यु समेत भएको छ ।
उक्त पार्टीका युवा संगठनका सदस्य तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको बिरोधमा भोलि नेपाल बन्दको घोषणा गरेको गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेपछि गत बुधबार एक विज्ञप्तिमार्फत जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको थिए ।
सांगठनिक कामको सिलसिलामा गत मंगलबार भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा युवा संगठनका तीर्थराज घिमिरे कमरेड राजुलाई केपी ओली सरकारको ठाडो आदेशमा सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भीडन्तको नाममा हत्या गरेकोप्रति नेकपाले विज्ञप्ति मार्फत घोर आपत्ति जनाएको छ ।
नेकपाले हत्या जस्तो निकृष्ट हर्कतको सबै मानवअधिकार कर्मी, नागरिक समाज, पत्रकारले डटेर विरोध गर्नुका साथै कमरेड तीथराज घिमिरेको हत्या घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न विज्ञप्तिमार्फत माग पनि गरेको छ ।
महासचिव विप्लवले सरकारले चलाएको हत्या हिंसाका विरुद्ध पार्टीले प्रतिरोध गर्नुको विकल्प नरहेको अवस्थामा तत्कालका लागि बन्दसहितको संघर्षका कार्यक्रम घोषणा गरिएको जनाएका छन् ।
उक्त कार्यक्रमलाई उद्योग व्यावसायी, यातायात कर्मी, शिक्षण संस्थान लगायतका सबैले सहयोग र ऐक्यबद्धता जाहेर गर्नुका साथै सहयोग र समर्थन गर्न नेकपाले अपिलसमेत विज्ञप्तिमार्फत गरेको छ ।








