
बोल मायाको अपार सफलतापछि गलबन्दीले पनि दर्शकको उस्तै मायाँ पाउदै, गत बर्ष बोल माया बोलको गीत सार्बजनिक गरेको टिमले नया गीत गलबन्दी सार्बजनिक गरेको छ ।
गायक प्रकाश सपूत गत वर्ष गीत ‘बोल माया’सँग सार्बजनिक गरेर सारा नेपालीलाइ भाबुक बनाएका थिए भने यहि गीत बाट अञ्जली र शान्तिको चर्चा समेत चुकिएको थियो ।
धेरै जसो पुरानौ टिम रहेको सो गीतमा यो पटक भने मौलिक र निकै उत्कृष्ट रुपमा माया प्रेमलाइ बिषय बनाइएको छ । प्रकाशलाई स्वरमा शान्ती श्री परियारले साथ दिने छिन् । गीतका शब्द तथा संगीत प्रकाश स्वयम्को रहेको छ ।
गीतको भिडियोमा प्रकाशसँगै ‘बोल माया’मा कै कलाकार अञ्जली अधिकारी छन । भिडियो निर्देशन प्रकाश आफैंले गरेर अब्बल निर्देशनको परिचय दिएका छ्न ।
सारा नेपालीको प्रतीक्षामा रहेको सो गीतले सबैको मन जित्नेमा आफुहरु आशावादी रहेको निर्माण युनिटले जनाएको छ ।
गीत गल्बन्दीलाइ रेमिट्यान्स कम्पनी ‘सिटि एक्सप्रेस मनि ट्रान्सफर’ले भिडियो निर्माणमा सहयोग गरेको छ। गीतले अन्त्यमा बोल माया भाग २ को केहि कथा दिदै सबैलाई प्रतीक्षा गर्न पनि भनेको छ ।
गीतलाइ सफलताको कामना सहित सो गीतको पुरै भिडियो यहाहरुको लागी ।







