विप्लव नेतृत्वको नेकपाले आज आव्हान गरेको बन्दको देश ठप्प छ । सरकारले आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेको नियोजित रुपमा हत्या गरेको भन्दै त्यसको विरुद्ध नेपाल बन्दको आयोजना गरेको हो ।

बन्दको अघिल्लो दिन काठमाडौंमा जताततै बम विष्फोट भएका थिए । जसबाट चार जनाको मृत्यु भैसकेको छ ।

सोमबार उपत्यकामा यातायात र शैक्षिक संस्थामा यसको खास प्रभाव पर्ने देखिएको छ । काठमाण्डौबाट देशभरका लागी छुट्ने लामो दुरीका सवारी साधन छुटेका छैनन् भने उपत्यकाभित्र चल्ने सवारी साधन पनि सडकमा फाटफुट मात्रै देखिन्छन ।

विहानी सत्रमा चल्ने काठमाण्डौका शैक्षिक संस्थाहरुले आज बन्दको कारण देखाएर विद्यार्थीलाई नआउन सूचना जारी गरेका छन । एकाविहानै चहलपहल हुने उपत्यकाको बजार पनि अहिलेसम्म शुन्य छ । तर सरकारले भने बन्दको अवज्ञा गर्न भनेको छ । चोकचोकमा प्रहरीको उपस्थिती बाक्लो छ । त्यस्तै सरकारले नेपाल बन्दमा सर्वसाधारणको गाडीमा समेत स्कर्टिङ दिन प्रहरीलाई दिर्नेशन दिएको छ ।

यसैबीच नेपाल बन्दको पूर्वसन्ध्यामा नेकपाका कार्यकर्ताहरुले देशका विभिन्न स्थानहरुमा मशाल जुलुस बोलेका थिए । राजधानी काठमाडौं लगायतका ठाउँहरुमा बम पनि भेटिएका थिए । काठमाडौँंका भएका सुकेधार, अनामनगर र चन्द्रगिरीमा भएका विस्फोटमा परी चार जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । यी विस्फोट नेकपाको योजनामा भएका हुन् वा होइनन् कुनै प्रतिक्रिया आएको छैन ।

आइतबार बसेको सुरक्षा प्रमुखको आकस्मिक बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले बन्दको प्रभाव न्युन बनाउन सर्वसाधारण चढ्ने सवारीलाई समेत स्कर्टिङको व्यवसस्था गर्न दिर्नेशन दिएको गृहमन्त्रालय स्रोतले बताएको छ ।

बैठकले बन्द गराउने पक्षका कुनै पनि कार्यकर्तालाई सडकमा देखे समातेर सार्वजनिक मुद्दा चलाउन गृहमन्त्रीले निर्देशन दिएका छन् । उता नेकपाले पनि नेपाल बन्दको अबज्ञा गर्नेलाई उचित समयमा जनकारबाही गर्ने चेतावनी दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार