
नेपालबन्दको बिहानै लुम्बिनीका विभिन्न स्थानमा बम विस्फोट भएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वन गरेको नेपाल बन्दको प्रभाव देशभर देखिएको छ ।
यता लुम्बिनीका केही जिल्लाहरुमा पनि बिस्फोट भैरहेको सूचना छ । रुपन्देहीको धकधैइ, सैनामैना र लुम्बिनी क्षेत्रमा एकाबिहानै ठूलो आवाजमा बम विस्फोट भएको प्रहरी स्रोतले बताएको छ ।
त्यस्तै कपिलवस्तुको चन्द्रौटा र जितपुरमा शंकास्पद बस्तु फेला परेको छ, घटनास्थलमा यतिबेला सेना र प्रहरीहरु उपस्थित छन भने डिस्पोजल टोलि समेत पुगिसकेको छ । विप्लपको नेपाल कम्युनिस्ट पार्टीका युवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको भन्दै आज जेठ १३ गते नेपाल बन्दको घोषणा गरेको थियो ।
नवलपुरको बुलिङटारमा मध्यराती सिलिण्डर बम बिस्फोट भएको छ । प्रहरीले उक्त्त बिस्फोट विप्लप समुहले गराएको अनुमान गरेको प्रहरी चौकी बुलिङटारका प्रमुख प्रहरी नायब निरिक्षक सुन्दर गुरुङले जानकारी दिए । गुरुङको अनुसार मध्यरातिमा सिलिण्डरमा आगो लगाई विस्फोट गरिएको थियो । बुलिङटार ३ को खेतमा उक्त्त सिलिण्डरमा आगो लगाई विस्फोट गराएको प्रहरीले जनाएको छ ।
त्यस्तै आज बिहान साढे २ बजेको समयमा मध्यबिन्दु नगरपालीका ११ अरुणखोलामा पेट्रोल बम प्रहार भएको छ । पश्चिम बाट पूर्ब आउदै गरेको ल ु२ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार भएको प्रहरी चौकी अरुणखोलाले जनाएको छ । पेट्रोल बम ट्रक चालकको क्षेत्रमा नै प्रहार गरेपछि चालकले ट्रक छोडी हिडेका थिए ।
जसको कारण ट्रक समेत दुर्घटनामा परेको प्रहरी चौकी अरुणखोलाले जनाएको छ । अहिले सम्म नवलपुरमा कुनै मानबिय क्षती भने भएको छैन् ।







