अर्घाखाँचीको सन्धिखर्कस्थित अर्घाखाँँची आवसीय माविमा शंकास्पद वस्तु फेला परेको छ ।

सनिधखर्क–२ चुत्राबेसीको बेलबाटीकामा रहेको अर्घाखाँची आवसीय माविको तारबारको पिलरमा झुण्डाइएको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो।

आजको बन्दलाई लक्षित गरेर विप्लप समूहले उक्त वस्तु राखेको हुन सक्ने आशंका गरिएको छ प्रहरीको भनाई छ।

शंकास्पद वस्तु बम हो वा होइन यकीन भइनसकेको र डिस्पोजल गर्ने तयारी भैरहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रमुख नवराज मल्लले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार