तराईमा एकाएक बढेको मौसमवृद्धि अझै केही दिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले अबको केही दिनसम्म नेपालको पश्चिम तराईको तापक्रम हल्का वृद्धि हुने जनाएको छ ।

महाशाखाले तातो हावा चल्न सक्ने देखिएको भन्दै लु को संकेत गरेको छ ।

महाशाखाले गर्मीबाट बच्नका लागि आवश्यक तयारी गर्न पनि आग्रह गरेको छ ।

आइतबार नेपालगंजमा ४१.२, धनगढीमा ४०.८, दिपायलमा ३८.४, भैरहवामा ३७.७, विरेन्द्रनगर र जनकपुरमा ३७, दाङमा ३६.२, सिमरा ३५, विराटनगरमा ३२.९ तथा काठमाडौंमा ३१.२ डिग्री तापक्रम रह्यो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार