ललितपुर । ललितपुरको टुटेपानी भन्ने ठाउँमा बम भेटिएको छ ।
बिहान विप्लव नेतृत्वको समूहले उक्त स्थानमा बम राखेको प्रहरी जनाएको छ ।
सो बाटो हुँदै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास पुगिन्छ। त्यस्तै ललितपुरकै भैंसपाटी र खुमलटारमा पनि बम भेटिएको छ।
नख्खुमापनि फेला परेको बताइएको छ । फेला परेका सबै बम नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ ।
‘सबै बम डिस्पोज भइसक्यो,’ महानगरिय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी नारायण प्रसाद चिमोरियाले भने, ‘अहिले अवस्था सामान्य छ।







