काठमाडौंको नयाँ बसपार्कस्थित लोत्से भवनको दोस्रो तलामा प्रेसर कुकर बम फेला परेको छ ।बम देखिएको सूचना प्राप्त भएकसँगै प्रहरीले उक्त स्थानलाई आफ्नो नियन्त्रणमा लिएर थप अनुशन्धान गर्दैछ ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी श्याम ज्ञवालीका अनुसार उक्त स्थानमा जडान गरिएको सीसीटीभी फुटेज हेर्दा बम हिजा साँझ नै राखिएको देखिएको छबम डिस्पोज गर्नका लागि सेनाको टोलीपनि लोत्से भवनमा पुगिसकेको बताइएको छ।पोखराको श्रृजनाचोकमा रहेको एनसेल कार्यालय नजिकै भेटिएको कुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ।आइतबार राति भेटिएको उक्त बम प्रहरीले रातभरि सुरक्षा दिएर बसेको थियो।

बमलाई सोमबार बिहान सेनाले डिस्पोज गरेको हो।यसैगरी पोखराको नयाँबजार र न्यूरोडको बीचमा रहेको इनोभेटिभ डेपलपमेन्ट एजुकेशन एकेडेमी रहेको भवनको गेटमा पनि शंकास्पद वस्तु भेटिएको छ।ऊक्त वस्तुलाई निष्त्रिय पार्न सेना अहिले उक्त स्थानमा

पुगेको छ।कास्कीको अन्नपूर्ण गाउँपालिकाको नौडाँडामा पोखरा बागलुङ राजमार्ग खण्डमा पनि शंकास्पद वस्तु भेटिएको छ। त्यसलाई पनि निष्क्रिय पार्न सुरक्षाकर्मी परिचालन भइसकेका छन्।सरकारले प्रतिबन्ध लगाएको नेक्रवित्रम चन्द नेतृत्वको नेकपाले सोमबार आव्हान गरेको बन्दका क्रममा बम र शंकास्पद वस्तु राखिएको अनुमान प्रहरीको छ।

बन्दका कारण पोखरामा सवारी साधन चलेका छैनन्।।बैतडीमा शंकास्पद वस्तु भेटियोदोगडाकेदार गाउँपालिकामा सोमबार बिहानै शंकास्पद वस्तु फेला परेको छ। दाेगडाकेदार– ३ को श्रीकोटस्थित सनातन धर्म मावि नजिकै महाकाली राजमार्गमा शंकास्पद वस्तु भेटिएको हो।प्लाष्टिकको दुई पोका तार जोडिएको र इनामेलका २ वडा डिब्वा रातो कपडाले बेरिएको अवस्थामा उक्त वस्तुहरु रहेको छ।खोचलेक प्रहरी चौकीको टोली घटनास्थल पुगिसकेको छ।

शंकास्पद वस्तु बम हुनसक्ने प्रहरीले जनाएको छ। डिस्पोजलका लागि बैतडीस्थित हनुमानध्वज गुल्मबाट सेनाको टोली घटनास्थलतर्फ जान लागेको छ। नेत्रवित्रम चन्द समूहले साेमबार बन्दआव्हान गरेकाले उक्त समूहले नैशंकास्पद वस्तु राखेको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार