बरिष्ठ पत्रकार एवंम विश्लेषक निमकान्त पाण्डेले प्रधानमन्त्री केपी ओलीलाई दमनको बाटो छोडेर विप्लव नेकपासंग वार्ताको हात अगाडि बढाउन अनुरोध गरेका छन् ।

विश्लेषक पाण्डेले वार्ताबाटै विप्लव नेकपाका मागहरु सरकाले सम्बोधन गर्नुपर्ने औल्याए ।

जनपाटी अनलाइन टिभीसंगको कुराकानीमा सरकारले भोजपूरमा विप्लव नेकपाका निसशस्त्र कार्यकर्ताको गोली हानेर विभत्स हत्या गरेपछि देश झन मुठभेडतर्फ गएको पाण्डेको भनाई छ ।

देशलाई दुर्घटनामा फस्न नदिनको लागी सरकारले बेलैमा शान्ती वार्ताको पहल गर्नुपर्ने विश्लेषक पाण्डेले बताएका छन् ।

विश्लेषक पाण्डेले विगतको १० बर्षे जनयुद्धको स्मरण गर्दै इमानदार र शान्तीपुर्ण वार्ताको लागि सरकारले लचकता अपनाउनुपर्ने बताए । नत्र देश फेरि ठुलो दुर्घटनामा फस्ने पाण्डेले  बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार