नेपाल बन्दको समयमा सवारी चलाएको भन्दै विप्लव समुहका कार्यकर्ताहरुले आगो लगाएका छन् । सुर्खेतमा नेत्रविक्रम चन्द विप्लव माओवादीले गोली चलाएर मोटरसाईकलमा आगजनी गरेका हुन् ।

भेरीगंगा नगरपालिकाको छिन्चुबाट ढुंगीखोला जाँदै गरेको भे ८ प १८९६ नम्बरको मोटरसाईकलमा विप्लवका कार्यकताले आगजनी गरेका हुन् ।

६ जनाको समुहमा रहेका विप्लवका कार्यकर्ताले आफूलाई झारेर मोटरसाईकलको ट्यांकीमा गोली हानेको सवारीधनी टिकाराम मिजारले जानकारी दिनुभयो ।

उहाँका अनुसार मोटरसाईकल पूर्ण रूपमा क्षति भएको छ । विप्लवले सोमबार बिहान पूर्वी सुर्खेतको गोचेखोलामा बसमा समेत आगजनी गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार