नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले वर्तमान संचारमन्त्री गोकुल बास्कोटा सेक्युरेटी गार्डमा हुनुपर्ने मान्छे मन्त्री भएको भन्दै बास्कोटाको खिल्ली उडाएका छन् ।

क्यानडा नेपालका लागि पत्रकार सन्तोष निरौलासँग गरीएको एक अन्तरबार्तामा उनले प्रधानमन्त्री कार्यालय बालुवाटारमा भोजभतेर मात्र भएकोले पार्टि प्यालेस जस्तो भएको बताएका छन् । अहिले पत्रकारहरुले बोलेमा जागीरबाट हट्ने प्रचलन भएको उनले बताएका छन् ।

उनले पुर्ण प्रेश स्वतन्त्रताको उलँगन गर्ने काम भएको र तानशाहहरु जेजे गर्थे त्यहि काम गरिरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले अर्थमन्त्रि र सुरक्षा परिषदको अधिकार खोसेको बताउदै नेता खतिवडाले अधिकार खोस्दा रक्षामन्त्रिले के हेरेर बसेको छ भन्दै प्रश्न गरेका छन् । प्रधानमन्त्री ओलीले हल्का कुरा गर्न र जे पायो त्यो बोल्न नहुने बताउदै नेता खतिवडाले प्रधानमन्त्रीले केहि कुरा सिक्नु पर्ने बताएका छन् ।

प्रधानमन्त्रीको कार्यलयमा मात्र नभई प्रधानमन्त्रीको घर कुर्न ग्रुपफोरको ड्रेस लगाएर बस्नुपर्ने मान्छे सँचारमन्त्रि भएपछी उहाको हैसियत त्यहा भन्दा बढि नदेखिएको नेता खतिवडाले बताएका छन् ।

चुनाबमा हार जितले मात्र केहि फरक नपर्ने बताउदै उनले आफु जनताको सेवामा निरन्तर रहने बताएका छन् ।

हेर्नुहोस भिडियो कुराकानी:

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार