जिल्ला प्रहरी कार्यालय सिन्धुलीले चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ।

सुनकोशी गाउँपालिका–६ स्थित बरबोटेमा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा सोलुखुम्बु दूधकौशिका गाउँपालिका–६ का ३३ वर्षीय सागर गहतराज, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ का ४० वर्षीय रामबहादुर तामाङ र जीतबहादुर तामाङ रहेको सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए।

उनीहरुलाई आइतबार पक्राउ गरी सोमबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सार्वजनिक गरेको हो।

उनीहरुको साथबाट एक लाख ५० हजार नगद, अमेरिकी डलर ५० दरको १३ थान, अमेरिकी डलर २ को एक थान र अमेरिकन डलर एकको ४ सय ८५ थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक थापा बताए।

उनीहरुको साथबाट विभिन्न कम्पनीका पाँच थान मोबाइलसमेत बरामद गरिएको छ।

उनीहरुले आफूसँग २५ हजार डलर छ, सस्तो दरमा नेपाली पैसासँग साटिदिन्छु भन्दै सल्यान बागचौर नगरपालिका–९ घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा बस्ने सन्तोष डाँगीलाई सिन्धुलीको खुर्कोटमा बोलाएको प्रहरीले जनाएको छ।

डाँगीलाई सिन्धुलीको सुनकोशी गाउँपालिका–६ विपी राजमार्गमा बोलाई एक किलोमिटरमाथि गणेशस्थान नजिक बरबोटे भन्ने स्थानमा लगेर तिमीहरु डलर साट्न आएको होइन, के कति पैसा छ? झिक नत्र मारेर फालिदिन्छौँ भनी सन्तोष डाँगीसँग रहेको एक लाख ५० हजार र सल्यान बागचौर नगरपालिका–९ का नवीन केसीको साथमा रहेको १३ हजार मूल्य बराबरको मोबाइल लुटेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार