अफ्रिकी देश कंगोमा क्षमताभन्दा बढी यात्रु डुंगामा चढेपछि डुंगा तालमा डुबेर दुर्घटनामा परेको छ।
शनिबारको डुंगा दुर्घटनामा परी ३० जना यात्रुको मृत्यु भएको हो भने १ सय ५० भन्दाबढी यात्रु वेपत्ता भएका छन्।
डुंगा दुर्घटनामा १ सय ८३ जना भने बाँच्न सफल भएका छन्।
इनोगोका मेयर सिमोन बो वेम्बाका अनुसार ३ सय ५० जनाबढी यात्रु डुंगामा सवार थिए। क्षमताभन्दा बढी यात्रु बोकेको डुंगा माई–डोम्बे तालमा दुर्घटनामा परेको हो।
मेयर वेम्बाका अनुसार दिनरात सुरक्षाकर्मी तथा उद्धारकर्ता वेपत्ताहरुको खोजीमा छन्। यद्यपी वेपत्ता सबैको मृत्यु भएको आशंका गरिएको छ।
कंगो सरकारले क्षमताभन्दा बढी यात्रु नबोक्न त्यहाँका डुंगा संचालकलाई सूचना जारी गरेका छन्। एजेन्सी







