पछिल्ला दिनहरुमा बलिउडमा अभिनेत्रीहरुलाई एक पछि अर्को आरोप लागिरहेको छ । चलचित्रसँग सम्बन्ध राख्ने धेरै कलाकारहरु कानुनी उपचारमा आइसकेका छन् । चर्चित चलचित्र निर्माती प्रेरणा चोपडा अहिले जेलमा बन्द छिन् । त्यस्तै अर्का अभिनेता आयुष्मान खुरानालाई कथा चोरेको भन्दै दिल्लीमा मुद्धा दर्ता गरिएको छ ।
केही हप्ता पहिले खबर आएको थियो । अभिनेत्री सोनाक्षी सिन्हाका विरुद्ध पनि मुद्धा दायर भएको छ । यो भन्दा पहिले संजय दक्त, सलमान खान, राजपाल यादव लगायतका चर्चित कलाकारहरु जेलको चिसो हावा खाएर आइसकेका छन् । यो बिचमा अर्की बोल्ड अभिनेत्री अमीषा पटेलमाथि पनि करोडौं ठगीको आरोप लागेको छ ।
उनलाई झारखन्डका निर्माता अजय कुमार सिंहले अदालतसम्म लिने तयारी गरेका हुन् । अमीषामाथि झण्डै चार करोड रुपैंयाँ नदिएको आरोप लागेको छ । उनले आफुले तिर्नुपर्ने रकमको चेक दिएको तर बंकमा गएर बुझ्दा चेक बाउन्स९चेकमा भएको रकम बैंकमा नभएको० खुल्न आएको छ । एजेन्सी
सोनाक्षी भन्छिन् : अब म एक्लै बस्न सक्दिन विवाह गर्नलाई केटा पाइएन !
चर्चित बलिउड अभिनेत्री सोनाक्षी सिन्हा उनको आगामी फिल्म ‘कलंक’को कारण निकै चर्चामा आउन थालेकी छन् । उनी यसै फिल्मको प्रचार–प्रसारका लागि एक टिभी शोमा पुगेकी थिइन् । उनको साथमा को–स्टार बरुण धवन र अर्की अभिनेत्री आलिया भाट पनि सँगै थिए । उक्त टिभी शोमा तीनै जना कलाकारहरु बरुण धनव, आलिया र सोनाक्षीलाई विहेको बारेमा प्रश्न गरिएको थियो ।
जहाँ ‘तपाईहरु तीनै जनाले विहे गर्दै हुनुहुन्छ रु सबै भन्दा पहिले कसले विहे गर्दै हुनुहुन्छ रु लगाएतका प्रश्न गरिएको थियो । अभिनेत्री सोनाक्षीले यस प्रश्नको उत्तर फर्काउँदै भनिन्, ‘मैले आलिया र बरुण भन्दा पहिल्यै विहे गर्न चाहन्छु । विहेको लागि तयार छु । अब घरबार जमाउनुपर्छ । अहिले मैले जीवनसाथीलाई खोजिरहेकी छु ।’
अभिनेत्री सोनाक्षीले यसो भनिरहँदा समाचारमा भने, उनले नोटबुकफेम अभिनेता जहीर इकबाललाई डेट गरिरहेकी उल्लेख हुँदै आएको छ । अभिनेता जहीरले इन्टाग्राममा सोनाक्षीलाई जन्मदिनको शुभकामना दिएका थिए । तर अहिलेसम्म यो जोडीको डेटिङको आधिकारिक पुष्टी भने भएको भएको छैन् ।online24post







