भारतीय भन्सारले गत शुक्रबारदेखि तेलबाहक ट्यांकरलाई नाकामा रोकिदिँदा नेपालको पूर्वी भेगमा पेट्रोलियम पदार्थको अभाव भएको छ।

भन्सारले अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ मा लैजान लागेकोले तेलबाहक ट्यांकर नाकामा रोकेर राखिएको नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत लोकमणि पौडेलले बताए।

‘भन्सारले गाडी आउने रेकर्ड अनलाइन प्रणालीबाट राख्ने व्यवस्था गर्दा तेल रोकिएको हो’, उलने भने, ‘आज नै ट्यांकर छोड्ने जानकारी आएको छ।’

पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्यांकर भारतीय नाकामा रोकिएको छ।

पूर्वी नेपालका लागि आउने ट्यांकरलाई भारतले पश्चिम बंगालको पानीट्यांकी भन्सारमा रोकिदिँदा मेची अञ्चलका प्राय सबै पेट्रोलपम्प बन्द भएको सूचना अधिकृत पौडेलले बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार