चार वर्षपछि तातोपानी नाका हुँदै चार कन्टेनर चीन गएका छन्।

२०७२ वैशाख १२ को भूकम्पपछि बन्द रहेको नाका मर्मतसम्भार गरिएसँगै सामान लिन कन्टेनर चीन गएका हुन्।

तातोपानी नाका भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले ती कन्टेरनबाट भोलि (बुधबार) नाका हुँदै ऊन भित्रिने जानकारी दिए।

ऊन भित्रिएसँगै तातोपानी नाका पुनः सञ्चालनमा आउने छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको उपस्थितिमा नाका पुन: सञ्चालन  कार्यक्रम हुने बस्नेतले जानकारी दिए।

‘भोलि ११ बजेदेखि नाका सञ्चालन हुनेछ, नाका सञ्चालनपछि सुनसान बनेको तातोपानी नाकामा चहलपहल बढ्नेछ’ उनले भने।

काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसारका नाका पुन:सञ्चालन भए पनि नागरिकको आवातजावात भने हुनेछैन।

चिनियाँ राजदूत होउ यानछीले  चीनतिरको बस्ती भूकम्पपछि निकै जोखिममा परेकाले सारिएको र अहिले पनि जोखिम कायमै रहेकाले आमनागरिकले भने तत्कालै नाका प्रयोग गर्न नसक्ने स्पष्ट पारिन्।

‘भूकम्पपछिको पुनर्निर्माणमा यो महत्वपूर्ण उपलब्धि हो। तातोपानी नाका पुन: सञ्चालन भएसँगै नेपाल-चीनबीचको व्यापारमा वृद्धि हुनेछ,’ राजदुत यानछीले भनिन्।

उनले नेपाली पक्षले पनि आफ्नोतिर बाटोलगायत पूर्वाधारको राम्ररी मर्मतसम्भार गरेर नाका सञ्चालन गर्ने विश्वास व्यक्त गरिन्।

२०७२ वैशाख १२ को भूकम्पपछि कोदारी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेको थियो।

त्यसपछि रसुवाको केरूङ नाकाबाटमात्र चीनमा सामान आयात-निर्यात भइरहेको थियो।

setopatinline

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार