नेत्र विक्रम चन्द समूहका दुई जना कार्यकर्ता पक्राउ परेका छन् ।

शारदा नगरपालिका १५ ठानुमारेमा सिलिन्डर बम विस्फोट गराएको आशंकामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ  पर्नेहरूमा ४० वर्षीय गिरदल बोहरा र २१ वर्षीय सेजन चन्द रहेका छन् ।

उनीहरूलाई मोख्ला बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए ।

आइतबार राति विप्लव समूहले ठानिमारेमा मसाल जुलुसका साथै सिलिन्डर बम विस्फोट गराएको थियो ।annapurnapost

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार