सिरहामा कुटपिट गरी सैनिक जवानको हत्या गर्ने मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सङ्खुवासभाको खाँदबारीस्थित बराह दल गुल्ममा कार्यरत सैनिक २२ वर्षीय अनिसकुमार सिंहलाई बिदामा घर बरियारपट्टि–४,तेनुवापट्टि सोहपुर आएका बेला तेनुवापट्टिका स्थानीयवासीले चोरी गरेको आरोपमा बिजुलीकाे पोलमा बाँधेर कुटपिट गरेका थिए ।
कुटपिट पछि गम्भीर घाइते सैनिक जवानको उपचारका क्रममा राजधानीको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएपछि सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तेनुवापट्टिका ३८ वर्षीय मङ्गल साहलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
भारतीय सीमाक्षेत्रमा लुकीछिपी बसेको अवस्थामा साहलाई गएराति पक्राउ गरिएको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।उनीमाथि ‘अपरहण तथा कर्तव्य ज्यान’ मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको उनले बताए।
घटनामा संलग्न अन्यको खो.जी भइरहेको समाचारपछि पक्राउ हुने डरले गाउँका अधिकांश पुरुषले गाउँ छाडेका छन् ।
https://www.youtube.com/watch?v=3Ihd_-Kx3vA







