नेपाली चलचित्रमा व्यस्त नायिका गरिमा पन्त पछिल्लो समय गुमनाम भएकी छन् । लाखौं दर्शकको मन जितेकी उनी एकाएक चलचित्रबाट निष्क्रिय भएकी हुन् ।

दर्जनौं चलचित्रमा अभियन गरेकी पन्तले ‘झोला’मा सय वर्षअघिको पात्रको भूमिका निभाएकी छन् । सोही चलचित्रमा निभाएको भूमिकालाई लिएर उनले अनेक अवार्ड तथा सम्मान पाएकी थिइन् ।

तर, उनी केही वर्षयता चलचित्रबाट टाढा भएकी छन् । विवाहपछि पतिसँग बेल्जियममा बस्दै आएकी उनी सामाजिक सञ्जालमा सक्रिय छिन् ।

चलचित्रमा सोझी नायिकाको उपमा पाएकी गरिमा सामाजिक सञ्जालमा ‘बोल्ड’ देखिएकी छन् । उनले आफ्नो केही फोटो सामाजिक सञ्जालमा शेयर गरेकी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार