नेपाल बिबिधताले भरिपूर्ण देश हो । नेपाका धेरै धार्मिक एवम पर्यटकिय स्थलहरु रहेका छन् । जसबाट नेपाललाई विश्व चिन्ने गरेको छ । जसबाट नेपालमा बिदेशी पर्यटकलाई मात्र हैन आफ्नै देशका स्वदेशीको मन लोभ्याउने गरेको छ । हेर्नुहोस् परिचय सहितको १० धार्मिक एवम पर्यटकिय स्थलहरु :

पशुपतिनाथ मन्दिर

पशुपतिनाथको मन्दिर नेपालकै एक ऐतिहांसिक धार्मिक एवम पर्यटकिय दृष्टिीकोणले महत्वपूर्ण तीर्थस्थल हो । काठमाडौँ जिल्लामा रहेको यो मन्दिर यस संसारमा रहेका २७५ ‘पादल पेत्र स्थलम’ ९ शिवको पवित्र स्थान मध्ये एक हो ।

पशुपतिनाथमा मूख्य रूपमा शिवजीको पूजा हुने गर्दछ । त्यसैले गर्दा नै पशुपतिनाथालाई शैव, शाक्त, वैष्णव, बौद्ध, जौन, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूले समान आस्था र श्रद्धाको दृष्टिकोणले हेर्ने गर्दछन्। साथै यस क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवम् पूजास्थल अखाडा पनि रहेका छन् । पशुपतिनाथ मन्दिरलाई सन् १९७९ मा यूनेस्कोले विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो ।

पौराणिक कथाअनुसार, नेपालमा पर्ने चन्द्रावन हिमालय पर्वत को गुफामा इच्छापूर्ती गरिदिने ‘कामधेनु गाई’ आएर बसेका थिए । कामधेनुले दिनहुँ पर्वतबाट तल झरी माटोमाथि आफ्नो दूध चढाउने गर्थे। यसरी हजारौँ वर्षसम्म पनि कामधेनु गाईले सो ठाउँमा दूध चढाउन थालेपछि एकदिन त्यहाँ वरिपरिका मानिसहरूले के रहेछ भनि खन्दा एउटा सुन्दर चमकदार शिवलिङ्ग भेटेका थिए । त्यसपछि उनीहरूले सो शिवलिङ्गलाई पुजा गर्दै आएका थिए । त्यसै स्थानलाई नै पछि ‘पशुपतिनाथ’ भनिएको हो भन्ने पनि विश्वास गरिन्छ ।

खोटाङको हलेसी महादेव (पूर्वको पशुपति)

नेपालको पूर्वी पहाडी जिल्ला खोटाङमा पवित्र धार्मिकस्थल हलेसी महादेवस्थान रहेको छ । जहां पुग्दा स्वर्गिय आनन्द प्राप्त हुन्छ । त्यसैमाथी उच्च पहाडमा भ्वाङ बनाएर विराजमान भगवान् शङ्कर र अन्य देवीदेवताको अवस्थितिले झनै सुन्दरता थपिएको छ । राजधानी काठमाण्डुदेखि करिब ३०० किलोमिटर टाढा रहेको हलेसी गुफालाई अर्ध चन्द्राकार गरी घेरेर खोटाङ र ओखलढुङ्गाको सिमाना हुँदै बगेकी दूधकोसीको पवित्र जलमा स्नान गरेर हलेसीको दर्शन गर्नाले यस लोकमा सुख, समृद्धि पाई परलोकमा मुक्तिसमेत प्राप्त हुन्छ भन्ने भनाइ छ ।

हलेसी मन्दिरमा विशेषगरी महाशिवरात्रि, रामनवमी र बालाचतुर्दशीका पर्वमा मन्दिरमा विशेष पूजा गरिनुका साथै शिव, पार्वती र गणेशलाई वस्त्र तथा गहना पहि¥याइन्छ । यसबाहेक पनि हरेक सोमबार तथा साउन महिनाभरि पनि पूजा गरिन्छ ।

प्रवेशद्वारबाट प्रवेश गरिसकेपछि गुफाको भित्री भाग ढुङ्गाको सिँढीबाट करिब २०० मिटर तल गुफामा पूर्वपट्टी फर्केर भगवान् शङ्कर विराजमान हुनुभएको देखिन्छ भने पूर्वपट्टी उहाँकै सम्मुखमा केही उचाईमा पार्वतीमाताको स्थान देखिन्छ ।

अग्रभागमा वीरभद्र, महाकाली आदि द्वारपाल छन् भने भगवान् शिवको दायाँबायाँ भएर जन्मद्वार, कर्मद्वार, धर्मद्वार र पापद्वार रहेका छन् । यी द्वारको दर्शन गरी प्रवेश गरेर पार हुन सकेमा हरेक द्वारका आ–आफ्नै प्रकारको फल पाइने विश्वास गरिन्छ ।

बुढासुब्बा मन्दिर

बुढासुब्बाको मन्दिर नेपालको पँर्वी क्षेत्र धरानको लोकप्रिय शक्तिपीठ हो । यो मन्दिर सिद्धबाबापीठ बुढासुब्बाको एक समाधिस्थलको रूपमा चिनिँदै आएको छ । नेपालका विभिन्न स्थानमा बसोबास गर्ने जाति जनजतिको समाधिस्थल मात्र नभई आफ्नो मनोकामना सिद्धिका लागि भाकल गर्ने र सो प्राप्त भएमा पशुबलि चढाउने प्रथा रहिआएको पाइन्छ । यहाँ प्रत्येक वर्ष वैशाख शुक्ल पँर्णिमाका दिन ठँलो मेला लाग्ने गर्छ ।

मन्दिरका वरपर रहेको बाँसघारीमा बाँसका टुप्पा नहुनु या विल्कुलै ठुटा या मुडुला बाँस मात्र देखिन्छ । यस्ता अनौठा बाँस परापँर्वकालदेखि नै कसरी विकसित भए होलान् या कसले बिजारोपण ग-यो भन्ने हालसम्म शोधको विषय छ ।

यहाँ आई पुजाआजा गरेमा मनकामना पुर्ण हुने भावना व्यक्त गर्ने गरेको बताउँछन् । यसकारण यहाँ विभिन्न पर्व र प्रत्येक शनिबारका दिन विशेष पँजा र भाकल अर्पण हुनेगर्छ । मन्दिरको अगाडिको भागमा मानिसहरूले आफँले चिताएको पुग्छ भन्ने हेतुले रङ्गीचङ्गी विभिन्न खालको डोरा बारमा बाँध्ने गर्छन् ।

विजयपुर पर्वतको प्राचीन नाम बेदीपुर रहेको पाइन्छ । केही किंवदन्ती सुनिने गरिए पनि बुढासुब्बाबारे स्पष्ट धारणा अझैसम्म पनि शोधको विषय छ । मन्दिरभित्र कुनै मँर्ति छैन, मात्र ठुला, मझौला र साना ढिस्काहरू छन्, जसको पुजाआजा गरिन्छ । त्यी ढिस्का नै बुढासुब्बा शक्तिपीठ अर्थात् पराम्परागत अद्भुत एक समाधीस्थल हो ।

स्वर्गद्धारी मन्दीर

नेपालका धार्मिक पीठहरु मध्ये महत्वपूर्ण पीठ स्वर्गद्धारी पनी हो । जहाँ नपुगेसम्म हिन्दूहरुको तीर्थयात्रा नै पुरा हुदैन भन्ने मान्यता छ । यही कारण पनि स्वर्गद्धारी प्रति तिर्थयात्रीको प्रगाढ विश्वास रहदै आएको छ ।मध्यपश्चिमाञ्चल क्षेत्रमै महत्तवपूर्र्ण मानिएको स्वर्गद्धारी राप्ती अञ्चलको प्यूठानमा अवस्थित छ । यो

महाभारत शृड्ढखलाको करिव २१२२ मिटर अर्थात ६९६० फिट अग्लो लेक हो । परापूर्वक कालमा ऋषिमुनिहरुले यसै ठाउमा बसी जपतप गरेर स्र्वग गएकाले यस स्थानको नाम स्र्वगद्धारी अर्थात स्र्वगको दोका भएको भन्ने भनाई रहदै आएको छ । स्वर्गद्धारीमा पुगेर शिवालय र महाप्रभुको समाधिको दर्शन गरेमा मनोकाङक्षा पुरा हुने विश्वास रहेको छ । यो क्षेत्र धार्मिक हिसावले हिन्दु धमालम्वीहरुको लागि महत्वपुर्ण पवित्र तिर्थ स्थल हो । धर्म , परम्परा र सास्कृतीकको जगृर्ना गर्न स्वर्गद्धारी महत्वपुर्ण भुमिका खेल्दै आएको छ । यहाँ सवै भन्दा ठुलो मेला वैशाख पूर्णिमाको दिन लाग्ने गर्छ ।

स्वर्गद्धारीको प्रवेश मुलद्धारमा स्र्वगद्धारी आश्रम अनी त्यसै द्धारको दायाँ तर्फको भित्तामा श्री १०८ महा प्रभुले रचना गरेको श्लोक आश्रममा पालना गनुर्पने सर्त वा नियम उल्लेख गरिएको छ । यहाँ प्रभु गुफा अर्थात महाप्रभुको समाधी भव्य रुपले वनाइएको छ । यसै माथी शिवलिङ्ख स्थापना गरिएको छ ।

उत्तर मुलदोकामा भएको सो मन्दिर अगाडि महाराज श्री १०८ नर्मदानन्दको सक्रियतामा लघुरुद्धी , वेदपाठ गर्न धमशालाको निमार्ण गरिएको छ । यस क्षेत्रमा यज्ञशालाको माझमा ठुलो हवनकुण्ड रहेको छ ।

स्वर्गद्धारीको सवद्र्धन र सरक्षण गर्न स्वर्गद्धारी गुठी तथा गुठी सस्थानको व्यवस्था गरिएको छ जसले गर्दा स्वर्गद्धारीको अझ विकाश गरेर विदेशी प्रर्यटकहरुका लागि आर्कषर्ण केन्द्र तुल्याउन सकेमा सुनमा सुगन्ध हुन जाने निश्चित छ ।

दक्षिणकाली मन्दिर

यो मन्दीर काठमाडौं उपत्यकाको दक्षिणपश्चिममा एउटा पहाडको फेदीमा अवस्थित छ । उपत्यकाको दक्षिणतिर रहेकाले यी देवीलाई दक्षिणकाली भनिएको हो । यिनलाई चामुण्डा देवी पनि भनिन्छ । देवीको मन्दिरका लागि छानो आकाश नै हो भन्ने मान्यता अनुरूप दक्षिणकाली मन्दिरमा छानो बनाइएको छैन । दक्षिणकाली सुरुमा मूर्ति नभएको सादा पीठ थियो । पछि मात्र यहाँ कालीको मूर्ति स्थापना गरिएको हो । यस मन्दिरमा सप्तमातृकाका मूर्तिहरूसमेत छन् ।

आप्mना उपासकहरूको मनोकांक्षा पूरा गर्ने र आपत विपदबाट भक्तहरूलाई जोगाउने देवीका रूपमा दक्षिणकाली प्रख्यात छिन् । यिनको स्थापना प्राचीन कालदेखि नै शक्तिपीठका रूपमा गरिएको मान्यता छ ।

किंवदन्तीहरूमा पाइए अनुसार, प्रताप मल्लले यी देवीलाई सपनामा देखेकाले उनका सल्लाहकार लम्बकर्ण भट्टको सुझाव अनुसार उनले यहाँ दक्षिणकालीको मूर्ति स्थापना गरेका थिए । दशैंको नवरात्रका अवसरमा यहाँ मेला लाग्दछ । यसबाहेक शनिबार र मंगलबार पनि प्रशस्तै दर्शनार्थीहरू आउने गर्दछन् ।

गोसाईकुण्ड

गोसाईकुण्ड मन्दिर लाङटाङमा रहेको अति रमाणिय पर्यटकीय क्षेत्र रसुवा जिल्लाको उत्तरी भेगमा अवस्थित छ ।
सम्पूर्ण हिन्दु तथा बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल गोसाईकुण्ड रसुवाको स्याफ्रु गाउँ विकास समिति अन्तर्गत लाङ्टाङ् राष्ट्रिञ्य निकुञ्ज क्षेत्रमा पर्छ। यस कुण्डको श्रृजना भगवान शिवले गरेको पौराणिक कथनहरुले बताउँछन् ।

त्रिशूली नदिको उद्गम स्थलको रुपमा रहेको यस कुण्डमा जेठ र असार महिनामा दसहरा मेला र साउन भदौमा पर्ने जनै पुर्णिमामा भव्य मेला लाग्छ । धार्मिक तथा प्राकृतिक पर्यटनका लागी प्रख्यात यस क्षेत्रको बर्षेनी हजारौ आन्तरिक तथा वाह्य पर्यटक र धार्मिक आस्था राख्ने व्यक्तिहरुले भ्रमण गर्दछन् ।

देउती बज्यै मन्दिर

सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रख्यात धार्मिक स्थल हो गंगामाला देउती बज्यै मन्दीर ।देउती बज्यै मन्दिरको इतिहास सुर्खेतमा बसोवास गरिरहेका पुरानो राजी जातिसँग जोडिएको छ । देउती बज्यैको दर्शनले मनोकांक्षा पूरा हुने जनविश्वास रही आएको छ । त्यसै कारणले गर्दा देउती बज्यै मन्दीरमा दैनिक सयौँको भिड लाग्ने गर्दछ ।

सुर्खेतमा बसोबार गर्दै आएको पुरानो जाती राजीले गंगामा जाल खेल्न जाँदाँ देउता भेटीएको कारणले गर्दा गंगामाला देउती बज्यै नाम रहेको मन्दीरका मुल पुजारी तथा मन्दीरका संस्थापक टंक बहादुर राजी बताउँछ ।

राजा ज्ञानेन्द्रको पालामा २०५८ सालमा उद्घाटन गरिएको मन्दीरको अहिले १६ पिलर सहित पतिलको छानो रहेको छ । विषेश गरि शनिवार तथा चाडपर्वको समयमा उक्त मन्दीरमा भक्तजनहरुको घुईँचो लाग्ने गर्दछ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अवस्थित देउती बज्यै मन्दीरमा दैनिक जसो पाँच सय भक्तजनहरु उक्त मन्दीरमा पुजाआजाका लागी जाने गर्दछन ।

गढीमाई

बारा जिल्लामा अवस्थित गढीमाई मन्दिर नेपालको प्रसिद्ध शक्तिपीठ हो । बारा जिल्लाको सदरमुकाम कलैया नगरपालिकाबाट झण्डै आठ किलोमिटर पूर्व बरियारपुरस्थित गढीमाईको मेला हरेक पाँच(पाँच वर्षमा मार्ग शुक्ल सप्तमीदेखि आरम्भ हुन्छ । नेपालका विभिन्न क्षेत्रबाट लाखौँ दर्शनार्थीहरू ओइरो लाग्ने यस पीठमा हजारौँ भारतीय दर्शनार्थीहरू पनि आउने गर्छन ।

बरियारपुरको खुल्ला चउरमा राखिएको त्रिशूलबाट मानिसका शूल रूपी तीन ताप आध्यात्मिक, आदिर्दे्विक र आदिभौक्तिक नाश हुन्छन् भन्ने जनविश्वास छ । त्रिशूल स्थापना भएको दक्षिणतिर हाल देवीको मूर्तिसहित मन्दिर पनि देख्न सकिन्छ । मन्दिरबाट पूर्व-दक्षिणतिर पीपलबोटसँगै ब्रहृमाको स्थान पनि हेर्न लायक छ ।

पूर्व्तिर रहेका ब्रहृमास्थलबाट मार्ग शुक्ल सप्तमीका दिन सरसफाइ लिपपोत गरी गढीमाईलाई स्वागत गर्दै पाँचदिनसम्मको पूजा गरिसकेपछि अरूका लागि दर्शन खुला गरिन्छ । गढीमाईका पूजारी थारूजातिका छन् । गढीमाईको पूजाआजा गर्दा कङ्कालीमाई, जाखिनमाई, भक्तिमाईको पनि पूजा गरिन्छ ।

गढीमाईका बहिनीहरू- कटबासीमाई,ककालीमाई,मनकामना, संसारी, साम्ये, राजदेवी, गढवाडा, जोरलाही, वनशक्ति आदिको पनि पूजा गरिन्छ ।

उग्रतारा मन्दीर

शुदुरपश्चिमकै प्रशिद्ध धार्मैक तथा पर्यटकीय मन्दीर उग्रतारा मन्दीर हो । नेपालको सुदूरपश्चिम बिकास क्षेत्रको महाकाली अञ्चलमा पर्ने डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा अवस्थित उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ । उग्रतारा मन्दिर शुदुर पश्चिमकै ठूलो शक्तिपिठ मानिन्छ । यो मन्दिर डडेल्धुरा सदरमुकाम देखि करिब ५ किलोमीटर पश्चिमपट्टी रहेको छ ।

यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका ९ भगवतीहरूका मन्दिरहरू मध्ये एक भगवती मन्दिरको रुपमा मानिन्छ । उग्रतारा मन्दिरको उत्पति सम्बन्धमा पौराणीक कालदेखीनै प्रमाणिक आधारमा कुनै शिलालेख नभेटिएता पनि यसको उत्पतिको किम्बदन्ति भने फरक फरक भेटीन्छ ।

डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा पर्ने प्रसिद्ध मन्दिर, बागबजार बाट करिब ५ किलोमिटर टाढा डडेल्धुरा,देखी बैतडीसम्म जोडीएको दसरतचन्द राजमार्गको पश्चिम पट्टीको अग्लो बिशाल तथा मनोरमणिय फाँटमा रहेको छ । मन्दीर सम्म कालोपत्रे सडक पुगेको छ । यहाँ कतैबाट ओर्लेर मन्दिरमा प्रर्वेश गर्ने मार्ग नभई प्रकृति रुपमापनी अग्लो स्थानमा नैरहेको छ ।

यँहा कार्तिक शुक्ल पर्णिमाको दिन जिल्ला भरि बाट मात्र नभई दार्चुला, बैतडी, बझांड, डोटी र तराइका कैलाली र कञ्चनपुर लगायतका अन्य बिभिन्न शहरहरु बाट समेत मेला भर्न आउने गर्दछन । यस उग्रतारा मेलापछि चिस्यान सुरु भई हिँउद लाग्ने हुँदा डडेल्धुरा बासिको कृषि कार्यबाट फुर्सदका दिनहरु आँउछन ।

खनमडा, छचोडा, दमडा, र जिलोडामा भन्डार रहेको उग्रतारा मन्दिरमा यिनै ठाँउबाट देउरो पनि आउछ । यस मन्दिरमा देउरो आउनु अघि चतुर्द्शिको राति रत्यौली मनाउने, मन्दिर पुग्नु अगाडी लटाउली, लगायत खनमडा, जिलोडा र दमडामा साँस्कृतिक झलकका साथ खेल र जात्रा गरि देउरो उग्रतारामा लगीने गौरवमय परम्परा आफैमा रोमान्चक छ । स्थानीय भासामा देहीजाँतका नामले चीनीने उत्तमेलामा १५ लाखजती भत्तजन तथा दर्शक आउने अनुमान गरीएको छ ।उत्तमेला मा १करोड ५० लाख बराबरको आर्थीक कारोबारहुने गर्दछ ।

देवघाटधाम

नारायणगढदेखि करिव ६ कि.मि. उत्तरमा त्रिशुली र कालिगण्डकीको पवित्र संगमस्थल देवघाटधाम ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाले भरिपूर्ण छ । शान्ति र आधात्मिक दृष्टिकोणले अति महत्वपूर्ण यस क्षेत्रमा नदि, हरिया पहाडहरुका सुन्दर परिदृश्य लगायत जैविक विविधता अवलोकन गर्न सकिन्छ ।

हिमवत्सखण्ड नेपाल महात्म्यमा उल्लेख भए अनुसार देवताका पनि देवता महादेव शंकर आफ्ना गणहरुका साथ यहाँ बस्नुहुन्थ्यो त्यसैले यसको नाम देवती रहन गएको हो । गलेश्वर आश्रम चक्रेश्वरशिला, सीता गुफा, वशिष्ट गुफा, हरिहर मन्दिर, महेश सन्यास–आश्रम, राम मन्दिर यज्ञशाला, कठस्तुप, सिद्धि गणेश, गोपिधाम, सुर्यकण्ड जस्ता पवित्रस्थल रहेको देवघाट क्षेत्रमा पशुपतिनाथको दर्शन गर्न आउने हिन्दु धर्मावलम्बीहरुलाई वा भारतीय पर्यटकलाई आकर्षण गरि जलमार्गबाट गोलाघाट हुँदै त्रिवेणी धाम वाल्मिकी आश्रमसम्म पु-याउन सके यसले पर्यटकको चितवन बसाई अवधि बिस्तार गर्न सकिन्छ ।

स्कन्ध पुराण हिमवत्सखण्डको अध्याय ४४ पृष्ठ ९९ मा उल्लेख भए अनुसार पुथ्वीमा भएका तीर्थस्थल मध्ये सबैभन्दा फलदिने पवित्रस्थल देवघाट संगम हो भन्ने कुरा भारतीय हिन्दु तीर्थालु समक्ष प्रवद्र्धन गर्न सके पर्यटकको संख्या वृद्धि गर्न सकिन्छ ।

तनहुँ, नवलपरासी र चितवन तीनवटा जिल्लामा करिब ५४३४ हेक्टर क्षेत्रमा फैलिएको देवघाट क्षेत्रलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्य स्थलको रुपमा व्यापक प्रचार प्रसार गर्नु अपरिहार्य देखिन्छ । यसैगरि वि .सं २०१४ सालमा फेला परेको गणेशको मूर्ति स्थापना गरि ११ वटा मन्दिर सहित सुन्दर पार्कको रुपमा विकास गरिएको गणेशस्थान, मौलाकालिका लाखौं पर्यटक आकर्षण गर्ने मनकामना, शिवघाट, भोजबाबा आदि पर्यटकीय दृष्टिले महत्वपूर्ण मान्छिन् । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मथलो लुम्बीनिसँग भरतपुर–१०, स्थित तिनखोले महाबौद्ध गुम्बालाई समन्वय गरी लुम्बिनी आउने पर्यटकलाई चितवनमा आकर्षण गर्न सकिन्छ ।

विन्दवासिनी मन्दिर

विन्दवासिनी मन्दिर नेपालकै सबैभन्दा बढी पर्यटकको घुईंचो लाग्ने मन्दिर हाे याे पोखरामा रहेको छ । विन्ध्यवासिनी मन्दिरको निर्माण २ सय ४० वर्ष अगाडि भएको मानिन्छ ।

गुम्बज शैलीको सेतो अष्टभुजाकार आकारको विन्ध्यवासिनी माताको निर्गुण स्वरुपको मन्दिरसँगै गणेश, हनुमान, सरस्वती, राधाकृष्ण, शिव, नवग्रह तथा अष्टचिरञ्जीवी, सीताराम र लक्ष्मीनारायणको मन्दिर पनि त्यो थुम्कोमा रहेका छन् । विन्ध्यवासिनीमा दैनिक २ हजारको हाराहारीमा दर्शनार्थी पुग्ने गर्छन् । चाडबाडको बेला भने यो संख्या हजारौँमा पुग्छ ।onlinepana

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार