काठमाडौं । ५५ जना यात्रु लिएर गइरहेको बस ठुलो दुर्घटनामा परेको छ । बस दुर्घटनामा १० जना घाइते भएका छन् । भारतको महाराष्ट्रमा पुणे–मुम्बई राजमार्गमा बस अनियन्त्रत भएर दुर्घटनामा परेको हो ।

सडक एकदमै भिरालो भएको हुँदा ठुलो दुर्घटना भएको अनुमान गरिएको थियो । तर, बस खोल्सामा नपरी रुखमा अडिएको कारण क्षति कम भएको जानकारी दिइएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार दुर्घटना रायगढ़ जिल्लाको शिग्रोबा मन्दिर नजिकै बोरघाटमा भएको हो । बस पुणे देखि मुम्बई तर्फ गइरहेको थियो ।

अचानक ब्रेक फेल भएपछि दुर्घटनामा परेको जानकारी दिइएको छ । बस सडक छेउमा लगाएको पर्खाल तोडेर सडक भन्दा बाहिर गएको देखिएको छ । बस खसेको ठाउँमा रुख भएको हुँदा बस अड्केको हो नत्र ४० फिट गहिरो खोल्सामा पर्ने थियो ।

दुर्घटना पछि सावधानीपुर्वक सबैको उद्धार गरिएको छ भने घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । समयमा नै पुगेको प्रहरीले घाइते बाहेक सबैलाई अर्को बसमा राखेर दिल्ली पठाएको जानकारी दिएको छ । दैनिक भास्कर

https://youtu.be/3Ihd_-Kx3vA

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार