काठमाडौं । एक महिलासँगको भिडियोले सरकार ढलेको छ । अष्ट्रियाको अष्ट्रियन फ्रीडम पार्टीका नेता र रुसी महिलाबीचको भिडियोले अष्ट्रियाको निवतर्मान सरकार ढलेको हो ।

उक्त भिडियोका कारण अष्ट्रियाका चान्सलर सेबास्टियन कुर्जबोको बिदाइ भएको छ । अष्ट्रियन संसदको विशेष सत्रमा उनीविरुद्ध अविश्वासको प्रस्ताव पास भएको हो ।

उनले संसदमा विश्वासको मत जित्न सकेनन् । उनकै पूर्व सहयोगी फ्रीडम पार्टी तथा विपक्षी दल सोसल डेमोक्रेट्सले अविश्वासको प्रस्तावमा समर्थन गरेका थिए ।

अष्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर वेन डेर बेलनले भाइस चान्सलर हर्टविग लोगरलाई अन्तरिम सरकार प्रमुखका रुपमा नियुक्त गरेका छन् ।

जर्मन मिडियामा सार्वजिनिक एक भिडियोबाट यो विवाद सुरु भएको थियो । सन् २०१७ मा स्पेनको इबिसा द्वीपमा गोप्य तरिकाले त्यो भिडियो खिचिएको थियो ।

त्यो भिडियो अष्ट्रियामा भएको चुनावभन्दा पहिलेकै थियो । जर्मन मिडियामा सार्वजनिक त्यस भिडियोमा फ्रीडम पार्टीका नेता तथा अष्ट्रिया सरकारमा भाइस चान्सलर रहेका हेनिज क्रिश्चियन स्टार्के आफ्नै नेता जोहान्ना गुडेनससँग कुरा गरिरहेका छन् । यस भिडियोमा दुई नेता एक रुसी महिलासँग बसेको देखिएको छ ।

ती महिला एक रुसी व्यापारीकी भतिजी भएको बुझिएको छ । त्यस भिडियोमा स्टार्केले ती महिलासँग अष्ट्रियाको चर्चित समाचारपत्र कोरेनन जिटुङमा ठूलो शेयर किनेर फ्रीडम पार्टीलाई सहयोग गर्न आग्रह गर्छन् ।

साथै त्यसको बदलामा आफूहरुले उनलाई सघाउने बताएका थिए । यो भिडियो कसले खिच्यो थाहा नभए पनि भिडियो सार्वजनिक भएसँगै स्टार्केलाई हटाउने निर्णय भयो । स्टार्केले आफ्नो पदबाट राजीनामा दिनुपर्यो । त्यसपछि फ्रीडम पार्टीका अर्का मन्त्रीले पनि राजीनामा दिए । एजेन्सी

https://www.youtube.com/watch?v=3Ihd_-Kx3vA

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार