काठमाडौं-बर्माकी चर्चित गायिका एवं मोडेल भिक्षुणी बनेकी छिन्। सोइ प्याइ थाजिन नाम गरेकी उनी भिक्षुणी बनेकी हुन्।
म्यानमारको फिल्म उद्योगमा चर्चित रहेकी मोडेल सोइले सुन्दर सधैं एक नाश नरहने भएकाले आफू साधारण जीवनमा फर्किएको बताएकी छिन्।

भिक्षुणी भइसकेपछि उनको नाम नुन राखिएको छ। उनले आफ्नो जीवनलाई सरल र सही तरिकाले जिउने सञ्चारमाध्यमलाई बताएकी छन्।

उनले भनेकी छिन्, ‘पैसा सबै चीज होइन, सुन्दरता पनि चीर स्थायी रहँदैन। त्यतिमात्रै होइन नाम र पद पनि लामो समय रहँदैन। त्यसकारण म साधारण भिक्षु बनेर जीवन जिउन चाहन्छु।’

संसारमा अब बुद्धको पञ्चशील, अष्टाङ मार्गले मात्र शान्ति, सद्भाव र भाइचाराको भावना ल्याउने भएकाले आफू बुद्धको अनुयायी बनेको र यसलाई संसारभर फैल्याउने उनले बताएकी छिन्।












