जेलमा रेहका विप्लव नेकपाका नेता सुदर्शनलाई भेट्न नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण नख्खु पुगेका छन् ।

ओली सरकारद्वारा प्रतिबन्धित नेकपा (विप्लव)का स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुदर्शनको पछिल्लो स्वास्थ्य स्थिति बुझ्न नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव कमरेड मोहन वैद्य किरण नख्खु कारागारमा पुगेका हुन् । ।

कारागारमा सुदर्शनलाई भेटेर महासचिव किरणले स्वास्थ्य स्थिति बुझेका छन् ।

मंगलबार दिउसो नख्खु पुगेका महासचिव किरणले सुदर्शनको पछिल्लो स्वास्थ्य अवस्था र कारागारको व्यवस्थापनको विषयमा जिज्ञासा समेत राखेका थिए । भेटमा नेता सुदर्शन निकै उत्साहित मुद्रामा देखिएको महासचिवसँगै कारागार पुगेका क्रान्तिकारी माओवादीका केस बसन्त बोगटीले बताए ।

महासचिव किरणले कारागार प्रशाशक वेद प्रसाद अर्यालसँग समग्र कारागारको व्यवस्थापन र राजनीतिक आस्थाका कैदी बन्दीको विषयमा सामान्य जानकारी लिदै उनीहरुलाई उचित मानवीय व्यवहार गर्न आग्रह समेत गरेका थिए ।

महासचिव किरणसँगै क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य एवं ३ नम्बर प्रदेश सेक्रेटरी दिनेश शर्मा सागर समेत सुदर्शनलाई भेट्न गएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार