एउटा प्रतिवेदनले देखाएकाे छ, उत्तर कोरियाली नागरिक आफ्नो ज्यान बचाउनकै लागि सरकारी अधिकारीलाई घुस दिन बाध्य छन् ।

संयुक्त राष्ट्रसंघ मानव अधिकार आयोगको प्रतिवेदनले उत्तर कोरियाका नागरिकलाई त्यहाँका कर्मचारीले विभिन्न धम्की दिएर पैसा उठाउने गरेकाे देखाएको हो ।

गरिब र अनौपचारिक क्षेत्रमा काम गर्ने जनसंख्यालाई अधिकारीले विभिन्न अभियोग लगाउने, जेल हाल्ने र बार्गेनिङ गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा उल्लिखित विषयप्रति उत्तर कोरियाली अधिकारीले आपत्ति जनाएका छन् । उनीहरुले प्रतिवेदनलाई ‘राजनीतिक पूर्वाग्रहका आधारमा तयार पारिएको’ भनेका छन् ।

उत्तर कोरियालाई खराब देखाउने उद्देश्यले नियोजित ढंगबाट प्रतिवेदन ल्याइएको भन्दै उनीहरुले खण्डन गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार