काठमाडौ । समाजमा अहिले हत्या , हिंसा जस्ता घटनाहरु लगातार बढ्दै गएका छन् । नेपालमा मात्रै नभई भारतमा पनि यी समस्या मुल रुपमा आउँने गरेका छन् । भारतमा सबैको मन रुवाउँने एक घटना बाहिर आएको छ ।
भारतको उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लामा एक किशोरीलाई सामुहिक बलात्कारपछि जलाएर हत्या गरिएको छ । यस घटनामा संलग्न भएको आशंकामा सातजनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
इन्डियन एक्सप्रेसमा छापिएको खबर अनुसार यी सातजनामाथि १४ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेर जिउँदै जलाएर हत्या गरेको आरोप लागेको छ ।
यद्यपी, अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । प्रहरीले पीडितका पिताको उजुरीपछि मुद्दा दर्ता गरेको जानकारी दिएको छ । खबर अनुसार मृतक किशोरी एक इट्टा भट्टामा काम गर्थिन् ।
इट्टा भट्टाका मालिक र अन्य ६ व्यक्तिविरुद्ध बलात्कारको मुद्दा दर्ता गरिएको छ । बीबीसी हिन्दीबाट







