प्रहरी इन्काउन्टरमा केही आतंकवादी मारिएको जानकारी दिइएको छ । भारतको जम्मू–कश्मीरको कुलगाममा सुरक्षाकर्मी र आक्रमणकारी बिच लडाई चलिरहेको छ ।
सुरक्षाकर्मीलाई कुलगामको ताजिपोरामा आक्रमणकारी लुकेर बसेको आशंका थियो, यसै शंकाको आधारमा अहिले उक्त क्षेत्र सुरक्षाकर्मीको हातमा आएको छ ।
जानकारीअनुसार यस क्षेत्रमा २ देखि ३ जना आतंककारी लुकेर बसेका छन । यो क्षेत्रमा हिजो राति देखि गोली हानाहान भइरहेको छ । हिजो मात्रै अनंतनाग जिल्लामा जंगलमा लुकेर बसेका जैश ए मोहम्मदका दुई लडाकु मारेको थियो ।
प्रहरी प्रवक्ताले दिएको जानकारी अनुसार कोकरनागको कचवान वन क्षेत्रमा आतंकवादी लुकेको विशेष जानकारीका आधारमा प्रहरीले कारबाही सुरु गरेको थियो । धरपकड गर्ने क्रममा आक्रमणकारी आफैंले पहिले गोली चलाएको र जवाफमा सुरक्षाकर्मीले पनि गोली चलाएको थियो ।
यसै दोहोरो गोली हानाहानमा २ जना मारिएको भारतीय अधिकारीहरुले जानकारी दिएका छन् । मारिनेहरुमा नजीर मीर एक जनाको परिचय रहेको छ भने अर्को एक जनाको परिचय खुल्न सकेको छैन ।
अर्का एक जना पाकिस्तानी आक्रमणकारी भएको भारतीय सुरक्षाकर्मीले बताएका छन् । एजेन्सी







